रास्कोटमा घर विमा राहत वितरण शुरु

7
SHARES
15
VIEWS

कालीकोट ।रास्काेट नगरपालिकाले घर विमा वापत राहत हस्तान्तरण गरिएको छ । गएको वर्ष २०७९ साल मंसिर देखि सुचारु गरिएको घर विमा कार्यक्रममा पहिलो पटक परेक फडेरालाइ अविरल वर्षा पछि बाढी पहिरोका कारण घर भत्किएपछि रास्कोट नगर पालिका वडा नं ६ निवासि परेक फडेरालाई १ लाख ५३ हजार छयालिस रुपैया ८५ पैसा विमा राहत प्रदान गरिएको विमा प्रतिनिधि गोबिन्द शाहीले बताए ।

उनका अनुसार २०७९ साल मंसिर ६ गते देखि नगर पालिकाका २ हजार ४ सय ९३ घरधुरीको घर विभा गरिएको हो।

रास्कोटका सवै घरधुरीमा दैवि प्रकोपका कारण घरहरु आंशिक वा पूर्ण क्षेति भए अनुसार राहत पाउने बताए । फडेरा संगै १२ जनाको निवेदन आएको र अन्यको प्रक्रिया सुरु हुने बताइएको छ। ओखलढुंगा निवासी परेक फडेराको घर आंशिक क्षति भएकोले एक लाख ५३ हजार छ्यालिस प्रदान गरिएको र पूर्ण क्षति भएमा बढिमा ५ लाख सम्म दिन सकिने बताइएको छ । शिखर इन्सुरेन्स कम्पनि लिमिटेड द्वारा घर विमा गरिएको नगर प्रमुख शाहीले बताए ।

रास्कोट नगर प्रमुख धर्मराज शाही र उपप्रमुख मनिराज बरालको उपस्थितिमा परेक फडेरालाइ राहत प्रदान गरिएको पत्रकार टिकाराज उपाध्यायले जानकारी दिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित