स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने पलाताका जन्मश्रृषि सहित ४ जना सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । आर्थिक वर्ष २०७९ /२०८० का स्वास्थ्य क्षेत्रमा गरिएका कामको वार्षिक समिक्षामा ४ जना स्वास्थ्या कर्मि सम्मानत भएका छन।
दुइ दिन सम्म पलाताको थिर्पुमा चलेको वार्षिक समिक्षामा स्वास्थ्य चौकी धोलागोहमा कार्यरत सि.अहेब जन्मश्रृषि न्यौपानेलाई तथ्यांक स्तरीकरण तर्फ उत्कृष्टताको आधारमा सम्मानित गरिएकाे छ।
त्यसे गरी सुत्केरी सेवा प्रवाहमा अनमि जानका उपाध्याय ,कार्यलय व्यावस्थापनमा अहेब विरेन्द्र विक र कार्यालय सहयोगि सतल बमलाई सम्मानित गरिएको बताइएको छ। ४ जनालाइ दोसल्ला सहित प्रशसा पत्र प्रदान गरिएको हो ।
पलाता स्वास्थ्य शाखाको आयोजनामा संचालन गरिएको वार्षिक समिक्षामा जिल्ल स्वास्थ्य कार्यालयका हेमराज बम , पलाता गाउ पालिका प्रमुख प्रशासकिय अधिकृत कर्म सिं वम लगाएतका सरोकारवाला निकायका प्रतिनिधिहरु सहित स्वास्थकार्मि हरको सहभागितामा तोकीएका सुचकहरुमा पूर्णता नभएकोमा सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता समेत गरिएको बताइएको छ ।
पलाता जस्तो क्षेत्रमा स्वास्थ्यका मापदण्डहरू सफलता नजिक गएको भएपनि केही सुचकहरुमा उचित ध्यान दिन जिल्ला स्वास्थ्य कार्यालयका हेमराज बमले सुधारका लागि अघि बढ्नु पर्नेमा जोड दिएका छन।

पलातामा एक अस्पताल , ३ स्वास्थ्य चौकी र ७ वटा स्वास्थ्य इकाइ रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित