भाेलि भाद्र १६ गते एक साथ अभियान उद्घाटन हुंदै,माओवादी नेता वडास्तरमा पुगे

7
SHARES
15
VIEWS

कालीकोट ।नेकापा(माओवादी केन्द्र)ले थालेको तिन महिने अभियानका लागि नेताहरु कार्यक्षेत्रमा पुगेका छन । जिल्लाका सबै वडामा प्रदेश कमिटि सदस्य तथा पालिकामा केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको छ ।

नेकपा(माओवादी केन्द्र)को अभियान भाद्र १६ गते औपचारिक रुपमा माओवादी अध्यक्ष प्रचण्डले भर्चअल माध्यमबाट उदघाटन गर्ने जनाइएको छ । अभियान उद्घाटन पूर्व सबै तयारीका लागि जिल्लाभरका ८२ वटा वडामा नेता कार्यक्रताहरुको उपस्थितिमा भेला तथा बैठक सम्पन्न गरिएको नेकपा(माओवादी केन्द्र)कालीकोटले जनाएको छ ।

जिल्ला स्तरमा विस्तारित बैठक गरेको नेकपा(माओवादी केन्द्र) ले पालिका र वडा स्तरका बैठक सम्पन्न गरी अभियानको उद्घाटनका लागि तयारी अवस्थामा रहेको बताइएको छ । नेकपा(माओवादी केन्द्र) कालीकोटका संयोजक लक्ष्मि प्रसाद चौलागाई(शैलेन्द्र)ले अब अध्यक्ष प्रचण्डबाट औपचारिक उद्घाटन हुने र सोही निर्देशनलाई आत्मसाथ गर्दै तिन महिने अभियान संचालन गरिने बताए ।

आज पलाताको लार्फ, सान्नी त्रिवेणीका मेहलमुडी, तिलागुफामा    विस्तारित बैठक वसेेको बताइएको छ । अभियानका लागि नेताहरु वडामा गएर जनताका समस्यालाई बुझ्दै घरघरमा माओवादी,जनजनमा माओवादी भन्ने नारालाई व्यवहारमा उतार्दै अघि बढ्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित