Skip

News Portal

  • कालीकोटबाट राहदानि लिनेको संख्या बढ्दै

    रुपेन्द्र ऐडी
    १८७ पटक

    कालीकोट । पछिल्लो समय बैदेशिक रोजगारमा जाने युवा युवतिहरुले राहदानि लिनेको संख्या बृद्धि भएको छ ।

    जिल्ला प्रशासन कार्यालय कालीकोटको तथ्यांकमा गएको आर्थिक वर्ष २०७९।०८०मा एक हजार ६ सय ३४ जनाले राहदानि लिएको बताइएको छ ।

    जिल्ला प्रशासन कार्यालय कालीकोटका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीका अनुसार राहदानि लिनेमा अधिकांस युवायुवति रहेको बताउदै गएको अषाढ मसान्त सम्म एक हजार २ सय ९८ जना पुरुष र तीन सय ३६ जनाले महिला गरी एक हजार छ सय ३४ जनाले राहदानि लिएको बताएका छन ।

    पछिल्लो समयमा समेत एक महिनामा ५० देखि ६० जनाको हाराहारीमा समेत राहदानि लिने गरेको बताइएको छ । त्यसै गरी उक्त आर्थिक वर्षमा दुई हजार चार सय ५८ जना पुरुषले नागरिकता लिएको समेत बताइएको छ ।

    जसमा दुई हजार ५६ जना महिलाको नागरिकता वितरण गरिएको अधिकारीले बताएका छन । अहिले जिल्ला प्रशासन कार्यालय कालीकोटले दैनिक रुपमा समेत दिन भरीको कामको विवरण समेत सार्वजनिक गर्न शुरु गरेको छ ।

    प्रतिकृया दिनुहोस्