हिमचुलीको वार्षिक समिक्षा गोष्ठी शुरु

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको नमुना सहकारीको रुपमा स्थापित हिमचुली कृषि सहकारी संस्था लि.को वाषिर्क समिक्षा गोष्ठी शुरु भएको छ । आर्थिक वर्ष २०७९/२०८० मा भएका गतिविधिका बारेमा जिल्लाका खाँडाचक्र, पिलि, रास्कोट, नरहरिनाथ महावै, तिलाफा, पचालझरना, पलाता,सान्नित्रिवेणि र दुध डेरीले गरेका प्रगतिको बारेमा प्रस्तुति गरेको छन।

उक्त गोष्ठीमा सहकारी संस्थाका अध्यक्ष काली बहादुर महताराको अध्यक्षता तथा संस्थापक अध्यक्ष / संरक्षक काशीचन्द्र बरालको प्रमुख आतिथ्यतामा शुरु गोष्ठी भाद्र २४ गते सम्म संचालन हुने बताइएको छ। संस्थाका मुख्य व्यावस्थापक जगेन्द्र प्रसाद आचार्यका अनुसार गोष्ठले १५ वर्षको  समिक्षा सहित आगामि कार्ययोजना बारेमा छलफल हुने र साझा प्रतिवद्धता गरिने जनाइएको छ ।

हिमचुली कृषि सहकारी संस्था लि. कालीकोट जिल्ला कै पहिलो सहकारी हो। जिल्लाका १० वटा सेवा कार्यालय र ४५ जना कर्मचारी रहेको सहकारीमा ३२ करोड लगानी रहेको छ ।

उक्त सहकारीले डेरी,अर्गानिक पसल,कोल्ड स्टोर,कृषि उत्पादन वजारीकरण लगाएतका महिला उद्यमी समुहमा विभिन्न कामहरू गर्दै आएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित