हिमचुली सहकारी १५ औं वर्ष प्रवेश,संस्थापकलाइ सम्मान गरी मनाईंदै

7
SHARES
15
VIEWS

कालिकोट । सहकारी क्षेत्रको भिन्न पहिचान कायम गरेको हिमचुली कृषि सहकारी संस्था लि. १५ वर्ष पूरा भएको छ। २०६५ साल भाद्र २५ गते स्थापना भएको सहकारी संस्थाले जिल्लाका विभिन्न ठाउमा सदस्यमुखि विभिन्न कारोवार गर्दै आएको छ ।

संस्थाले भाद्र २३ र २४ समिक्षा गर्दै २६ वुदे प्रतिवद्धता जाहेर गरेको छ । संस्थाका अध्यक्ष काल बहादुर महताराको अध्यक्षतामा भएको समिक्षामा संस्थापक अध्यक्ष काशीचन्द्र बराल, संस्थापक सदस्य कटक महत, लेखा समिति संयोजक बलबहादुर विष्ट लगाएतको उपस्थिति रहेको थियो। आज भाद्र २५ गते १५ औ वर्ष प्रवेशको अवसरमा सस्थापक सदस्यलाइ सम्मान गर्दै जिल्लामा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

जिल्लाका कार्यालय प्रमुख, पत्रकार तथा विभिन्न निकायलाई संस्थाको गतिविधि बारेमा जानकारी सहित अन्तरक्रिया गरेर वार्षिकोत्सव मनाउने तयारी भएको संस्थाका सचिव पौरख विकले बताए । उनका अनुसार आज जिल्लाका १० वटै सेवा कार्यालयमा दिपावली मनाइने बताइएको छ ।

हिमचुली कृषि सहकारी संस्था तत्कालीन फुकोट गाविस अध्यक्ष काशी चन्द्र बरालको नेतृत्वमा २५ जना सदस्य मिलेर डिभिजन सहकारी कार्यालय सुर्खेतमा दर्ता भएको हो। अहिले यस सहकारी संस्थाका १४ हजार छ सय ६४ जना सदस्य रहेका छन  भने ४५ जना जनशक्तीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

जिल्लाका खाँडाचक्र,रास्कोट, नरहरिनाथमा स्थानिय बस्तु संकलन र सुपथ मूल्य पसल संचालन गरेको छ भने सदस्यमुखि कारोवार गर्दै वचत तथा ऋण, डेरी, एग्रोभेट,रेमिटान्स तथा सोलारको कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित