हिमचुलि सहकारी द्धारा १५ औं वार्षिकोत्सव सम्पन्न,सेवा कायार्लय र संस्थापक सदस्य सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । सहकारी क्षेत्रमा नयाँ आयम थप्दै आएको हिमचुलि कृषि सहकारी संस्थाले १५ औं वार्षिक मनाएको छ ।२०६५ सालमा स्थापना भएको सहकारीले छोटो समयमा विभिन्न कारोबार गर्र्दै आएको छ । संस्थाले १५ औं वर्ष प्रवेशको अवसरमा संस्था स्थापना कालका संस्थापक सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले संस्थापक सदस्यहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको सहकारी संस्थाका अध्यक्ष काली बहादुर महताराले बताएका छन । सहकारी संस्थाको स्थापना कालमा विभिन्न क्षेत्रमा रहि सहकारी विकासमा अतुलनिय योगदान दिएकै आधारमा सम्मान गरेको बताइएको छ ।
को को हुन संस्थापक सदस्यहरु
संस्थापक अध्यक्ष काशीचन्द्र बराल,उपाध्यक्ष चिन्तामणि आचार्य,सचिव नन्दऋषि आचार्य,कोषाध्यक्ष जगेन्द्र प्रसाद आचार्य,सदस्यहरुमा कटक महत,रुपेन्द्र बहादुर ऐडी,विमला बराल,विनकन्य बराल,सर्पराज पाण्डे,योग्यश्वर पाण्डे,खडक कामी,धनसिंह विक,हरिबहादुर सिंह,लक्ष्मि प्रसाद भटराई,काशिकला आचार्य,ऐना शाही,गणेश प्रसाद आचार्य,गुरु बराल लगाएतका २५ जना सदस्यहरुलाई सम्मान गरेको बताइएको छ ।त्यसै गरी संस्थाले पूर्व संचालक समिति सचिव भीम प्रसाद बराल(१० वर्ष सहकारीका कार्यकारी प्रमुख समेत),खेम बहादुर सिंह,देउसिंग कामी,गंगा खड्का,छत्र कार्की,रतन शाही,सम्झना बुढा,डम्मर कामी,देबनरायाण संज्याल,राजु सिंह,जयचन्द्र अधिकारी,मन तिरुवा,चन्द्र बहादुर विष्ट लगाएतका १९ जनालाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।
उत्कष्ट कर्मचारी तथा सेवा कार्यालयलाई सम्मान
सहकारी संस्थाले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने सेवा कार्यालयलाई सम्मान गरेको छ । जसमा आम्दानिमा सबै भन्दा बढि ल्याउने महाबै सेवा कार्यालय पादमघाट प्रथम आएको छ भने दोस्रोमा पिलि र पलांता सेवा कार्यालय आएका छन । त्यसै गरी बचत संकलनमा सबै भन्दा बढि रास्कोट सेवा कार्यालयले संकलन गरेर प्रथम आएको छ भने दोस्रो नरहरिनाथ र तेस्रोमा खांडाचक्र सेवा कार्यालय आएको सहकारीका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताए । उनका अनुसार सहकारीमा आर्थिक वर्ष २०७९।०८०मा उत्कृष्ट कार्यसम्पादन गरेकै कारेण शुभकालिका व्यवस्थापक शन्तोष भण्डारी ब्रान्च टपर भएका छन ।सम्मानित सबैलाई दोसल्ला ओढाएर सम्मान गरिएको बताइएको छ ।
हिमचुलि कृषि सहकारी संस्थाको बारेमा
सहकारी संस्था शान्ति प्रक्रिया पछि माओवादी आन्दोलनमा स्थापित विभिन्न कम्युन मार्फत सहकारीता शुरु गरेको अवस्थामा सोही कारोबारलाई आधिकारिकता दिनका लागि नेकपा(माओवादी)को योजनामा यस सहकारीको स्थापना भएको हो ।शुरुवातिमा मान्म गाविसको बद्रिगाउँ केन्द्र विन्दु राखेर अघि बढेको भएपनि दर्ता पछि सहकारीलाई अघि बढाउन तत्कालिन नेकपा(माओवादी)का जिल्ला स्तरका नेताहरु काशिचन्द्र बराल,एटम विसि,धनजित शाही,दुर्ग बहादुर रावत,भरत बम लगाएतका नेताहरुले गैरसरकारी संस्थाको विगविगि भएको अवस्थामा एक नयाँ विकल्पका रुपमा लिएर सदरमुकाम मान्म बजारमा केन्द्रित विभिन्न चरणको छलफल पश्चात माओवादी नेता तथा कार्यक्रताहरुको परिचालनबाट श्रोत व्यवस्थापन भई अघि बढेको थियो ।

गाउँ गाउँमा पुगेर फोटा संकलन गरेर शुरु भएको सहकारीले विभिन्न व्यवसाय शुरु गर्दै व्यापक चुनौतिका बावजुद अघि बढेको छ र राजनैतिक पूर्वाग्राहीबाट निकै तिरिस्केत भएको हिमचुलि कृषि सहकारी संस्था अहिले सबैको साझा हुन थालेको छ । विभिन्न कोणबाट यस सहकारीलाई हेरिएर व्यख्या गरिने गरिएको भएपनि माओवादी जगबाट शुरु भएको समाजवादी मोडल भएको जानकारहरुले बताउदै आएका छन । तर अहिले विभिन्न व्याख्या भने हुने थालेका छन ।हिमचुलि कृषि सहकारी संस्थाका हाल ४६ जना कमर्चारी रहेकाे र जिल्लाभर ११ वटा सेवा कार्यलयका साथै दुध डेरी,अर्गानिक वस्तु संकलन,एग्राेभेट,सुपथ मुल्य पसल,काेल्ड स्टाेर,बचत तथा ऋण लगाएतका कृषि वस्तु संकलन र बजारीकरणका साथै साेलार सिष्टम जडानका काम गर्दै अाएकाे छ ।हाल यस सहकारी संस्थाका १४ हजार ६ सय ६४ जना सदस्य रहेका छन भने जिल्लाभर  कार्यक्षेत्र रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित