पचालझरनामा सार्वजनिक सुनुवाई,आर्थिक वर्ष २०७९।०८०मा सफलता भएको दावि

7
SHARES
15
VIEWS

कालीकोट । गएको वर्षका काम कार्वाहीहरुको बारेमा पचालझरना गाउँ पालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९।०८०का गतिविधि तथा कामकार्वाहीको सार्वजनिक गर्दै पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विकले राखिएको लक्ष्य हांसिल गरेको जानकारी गराएका छन ।

आज पचालझरना गाउँ पालिकाको कार्यालय पडेक्षामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही,उपाध्यक्ष अल्किना बम सहित वडा अध्यक्षहरुको उपस्थिति रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक वर्ष २०७९।०८०का गतिविधिको जानकारी गराउनुका साथै कामकार्वाहीमा देखिएका समस्याहरुको बारेमा अवगत गराइएको थियो ।सो कार्यक्रममा पचालझरना गाउँ पालिकाकाे आयाेजना तथा रेडियाे प्रदेश आवाज कालीकाेटकाे सहजिकरणामा भएकाे थियाे । साे सार्वजनिक सुनुवाइमा स्थानियले आ आफ्ना जिज्ञासा राखेका थिए ।सार्वजनिक कार्यक्रममा पचालझरना गाउँ पालिका तेस्रो गाउँ पालिका भएको छ ।

यस अघि सान्नित्रिवेणि गाउँ पालिका र पलांता गाउँ पालिकाले वडा स्तरमा पुगेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेका छन भने खांडाचक्र नगरपालिकाले वडा न.१मा मात्र सार्वजनिक सुनुवाई गरेको छ ।
हरेक सरकारी तथा गैरसकारी संघ संस्थाहरुले हरेक तिन महिनाको गतिविधिको जानकारी गराउने र सार्वजनिक सुनुवाई गर्नु पर्ने भएपनि वेवास्ता हुने गरेको पाइएको छ ।

कुनै स्थानिय तहले अहिले सम्म सार्वजनिक सुनुवाई के हो किन गरिन्छ ? भन्ने समेत जानकारी नभएको जस्ते गर्ने गरिएको छ । कालीकोट जिल्लामा गैरसरकारी क्षेत्रबाट समयुदाय स्तरमा पुगेर कार्यक्रमको समिक्षा सहित सार्वजनिक सुनुवाई हुने गरिएको भएपनि अनुगमन तथा निरिक्षण गर्ने निकाय स्थानिय तहले आफै सार्वजनिक सुनुवाइ नगर्र्नु राम्रो नभएको जानकारहरुको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित