कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटले अभियान संचालन गरेको १५ दिनको समिक्षा सहित आगामि योजना तय गर्ने भएको छ । पहिलो चरणमा वडा स्तरमा विभिन्न गतिविधि थालेको अभियानमा सहभागि प्रदेश कमिटि सदस्यहरुको उपस्थितिमा छलफल तथा प्रशिक्षण हुने भएको छ ।
नेकपा(माओवादी केन्द्र) कालीकोटका नेताहरु जिल्ला सदरमुकाम केन्द्रित भइसकेको र भोलि विहान ८ बजेबाट कार्यक्रम शुरु हुने जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाईले बताए । उनका अनुसार प्रशिक्षणका लागि कर्नालि प्रदेश इन्चार्ज माृतका प्रसाद यादव र प्रदेश अध्यक्ष विमला केसी समेत जिल्ला सदरमुकाम आइपुगेको बताए ।
उनले भने जिल्ला स्तरका नेताहरुका विचमा अभियानका बारेमा थप बल पुग्ने गरी प्रशिक्षण तथा योजना तय गरिने अभियानका सदस्य खड्गराज सेजुवालले बताएका छन । गाउँ गाउँमा पहिलो चरणमा के कसो अवस्था छ र आगामि रणनिति कसरी तय गर्ने भन्ने बारेमा छलफका लागिा नेताहरुलाई बोलाइएको हो ।
जनता संग विशेष रुपान्तरण अभियानका क्रममा जिल्लाका हरेक वडामा माओवादी नेताहरु केन्द्रित भएर जनश्रम देखि भेटघाट तथा छलफललाई अघि बढाउदै संगठन बृद्धि गर्ने काममा तिव्रता दिएका छन ।
Discussion about this post