कालीकोट । नेकपा (माओवादी केन्द्र)ले संचालन गरेको जनता संग माओवादी रुपान्तरण अभियानको सचिवालय विस्तारित बैठक शुरु भएको छ ।
नेकपा (माओवादी केन्द्र) का कर्नाली प्रदेश इन्चार्ज, उपमहासचिव तथा पूर्व मन्त्रि मातृका यादव, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर वस्नेत, पूर्व मुख्यमन्त्री तथा कर्नाली प्रदेश का प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी लगाएतको उपस्थिति रहेको कार्यक्रममा पालिका इन्चार्जहरुले अभियानको शुरुवाती चरणको गरिविधि सहित गरिएका कामको रिर्पोट प्रस्तुत गरेका छन ।
जसमा महावैबाट ललित परियार, तिलागुफाबाट लक्ष्मिकन्या वुढा, शुभकालिकाबाट डम्बर शाही, खाँडाचक्रबाट गणेश शाही, नरहरिनाथबाट काली बहादुर महतारा, सान्नित्रिवेणीबाट लक्ष्मि चौलागाई , रास्कोटबाट धनविर ओली, पचालझरनाबाट धर्म बहादुर केसी, पलाताबाट धनजित शाहीले आ आफ्नो रिर्पोट राखेका छन।
अभियानको शुरुवाती चरणको समिक्षा सहित आगामी कार्ययोजना का बारेमा योजना तय गरिने बताइएको छ । वैठकमा प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज र केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्षले अभियानको महत्वको बारेमा स्पष्ट पार्दै जनताको सम्बन्ध सुदृढ बनाउन सबै लागि पर्नु पर्ने मन्तव्य राख्ने कार्यक्रम रहेको बताइएको छ।
Discussion about this post