लोकतान्त्रिक गणतन्त्रमा सामुदायिक रेडियोको महत्वपूर्ण भुमिका छ-पूर्व मन्त्रि यादव

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का केन्द्रिय उपमहासचिव एवंम पूर्व बन मन्त्रि मातृका यादवले रेडियो तिला आवाजको उद्घाटन गर्दै नेपालमा सामुदायिक रेडियोहरुको भुमिका महत्वपूर्ण रहेको बताएका छन ।

पार्टीको अभियानको क्रममा कालीकोट आइपुगेका पूर्वमन्त्रि यादवले रेडियोको उद्घाटन गर्दै जनताको पक्षमा निरन्तर आवाज बुलन्द गर्न अनुरोध गर्दै अघि बढ्न अनुरोध गरेका छन । सो कार्यक्रममा कर्नालि प्रदेशका पूर्वमुख्यमन्त्रि महेन्द्र बहादुर शाही,कर्नालि प्रदेशका पूर्व कृषि मन्त्रि विमला केसी, कर्नालि प्रदेश सांसद दुर्ग बहादुर रावत, उपसभामुख यशोदा न्यौपाने,जिल्ला समन्वय प्रमुख धनजित शाही,नेकपा एमाले जिल्ला अध्यक्ष जसि पाण्डे, नेकपा(माओवादी केन्द्र)का जिल्ला संयाेजक लक्ष्मि चाैलागाइ लगाएतका नेताहरुले रेडियो निष्पक्षताको पक्षधर भएर क्रियाकलाप अघि बढाउन अनुरोध गरेका छन ।

रेडियोका संचालक विरेन्द्र आचार्यको अध्यक्षतामा भएको रेडियो उद्घाटन कार्यक्रममा संचार उद्यमि बन्नु ठुलो कुरा नभई दिर्घकालिन रुपमा संचालनमा जोड दिन वक्ताहरुले आग्रह गरेका छन ।

उक्त रेडियो संगै कालीकोटमा सामुदायिक रेडियोको संख्या १२ पुगेको छ ।लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना संगै सामुदायिक रेडियोको संचालनको होडबाजि नै चलेको छ । जिल्लाका विभिन्न ठाउँमा स्थानिय सरकार र निजि लगानिमा रेडियो संचालन गर्ने क्रम बढेको छ ।

कालीकोटको सबै भन्दा पहिलो सामुदायिक रेडियो भेक आवाज हो । उक्त रेडियो तत्कालिन फुकोट गाविसका अध्यक्ष काशिचन्द्र बरालले २०६४ सालमा स्थापना गरेको भएपनि ९ महिना सम्म संचालन भएर ओदानकुको महाबु लेकमा विविध कारणले बन्द भएको थियो । उक्त रेडियो नेपालका ३६ जिल्लामा पहुंच पुगको तत्कालिन रेडियोका संचालक काली बहादुर महताराले बताएका छन । उनले भने कर्नालि प्रदेशभर पहुंच बृद्धिका लागि रेडियो संचालन गरियो ।

महाबुको लेकमा विभिन्न समस्याका बावजुद दिर्घकालिन रुपमा संचालनमा भने कठिनाई भएर बन्द गर्नु परेको बताएका छन । त्यसपछि जिल्लाका विभिन्न ठाउँमा रेडियोहरुको संचालनमा तिव्रता आएको छ ।
हाल सम्म कालीकोटमा रेडियो संख्या तपसिल अनुसार रहेको छ ।
१.तिला आवाज ताडी, कालीकोट
२.रेडियो प्रदेश आवाज मान्म, कालीकोट
३.रेडियो नयाँ कर्णालि मान्म ,कालीकोट
४.रेडियो नेपालि आवाज मान्म, कालीकोट
५.रेडियो मालिका मान्म, कालीकोट
६.रेडियो साझा आजाव मान्म, कालीकोट
७.रेडियो शुभकालिका सुकाटिया ,कालीकोट
८.रेडियो सुनथरालि नरहरिनाथ, कालीकोट
९.रेडियो सान्नित्रिवेणि मेहलमुडी ,कालीकोट
१०.रेडियो बलिदानि तिलागुफा, कालीकोट(संचालनको तयारी)
११.रेडियो पलांता आवाज,थिर्पु ,कालीकोट(बन्द रहेको)
१२.रेडियो चंखेलि मान्म, कालीकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित