तिजको अवसरमा छाउपडि प्रथा विरुद्ध सडक नाटक

7
SHARES
15
VIEWS

कालीकोट । हरितालिका तिजको अवसरमा जनचेतना जगाउन सडक नाटक गरिएको छ । जिल्ला सदरमुकाम मान्मको ताडीमा संस्थागत सुधार मार्फत न्यायमा पहुंच अभिबृद्धि परियोजना अन्तरगत महिला शसक्तिकरण मंञ्च नेपाल,दैलेख द्धारा ताडीमा सडक नाटक सम्पन्न भएको छ ।

खांडाचक्र नगरपालिकाको समन्वयमा भएको उक्त जनचेतना मुलक कार्यक्रममा स्थानिय कलाकारहरुले छिटो विवाहले पार्ने असरका बारेमा सडक नाटक प्रस्तुत गरेर समुदायलाई स्पष्ट पारेका छन । उनिहरुले बाल्यकालमा पारिवारिक कारणले घरको काम गराउने र महिनाबारी भएपछि गोठमा बस्न बाध्य हुने र विवाह पछि वाल्यकालमा बच्चा जन्माउन नसक्दा आउने समस्याका बारेमा जानकारी गराएको मंञ्चका जिल्ला संयोजक चन्दा पाण्डेले बताइन ।

पछिल्लो समयमा महिलाहरुले चेतना अभिबृद्धि भएर पनि छिटो विहे गर्नुले आउने समस्या र पारेको प्रभावका बारेमा जानकारी गराइएको बताइएको छ । उक्त सडक नाटकमा छिटो विवाह र त्यसका बारेमा कानुनि प्रावधानहरुका बारेमा जानकारी गराइएको थियो ।

सडक नाटकमा स्थानिय कलाकारहरुले गित मार्फत सन्देश प्रवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित