Skip

News Portal

  • पचालझरनाको नापजांच नापि विभागबाट

    रुपेन्द्र ऐडी
    ४८२ पटक

    कालीकोट । नेपालको अग्लो झरनाको नांप जांच भएको छ । पचालझरना सरकारले राष्ट्रिय रुपमा आधिकारिकता कायम गर्नका लागि थालेको पहिलो चरणको प्रक्रिया शुरु भएको छ ।

    कर्नालि प्रदेश सरकारलाई पालिकाले गरेको अनुरोधका आधारमा पर्यटन मन्त्रालयको निर्देशनमा के कति छ भनेर नापि विभाग मिन भवनले खटाएको टोलिले आज पचालझरना पुगेर नापजांच गरेको छ । पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीका अनुसार आज नापि विभाग मिन भवनबाट आएको तिन सदस्य टोलिे पचालझरनाको फेदीमा पुगेर नापि कार्य गरेको बताए । उनले भने पचालझरनाको उचाईको बारेमा नापजांच गरेर लिएको रिर्पाेटका आधारमा एक हप्ता भित्र नापि विभागले जानकारी दिने बताइएको छ ।

    नापि विभागबाट आएका उपसचिव तथा बरिष्ठ इन्जिनियर संजिवन श्रेष्ठको नेतृत्वको टोलि सहि अन्य इन्जिनियरहरु शुरेष श्रेष्ठ र आनन्द पौडेल रहेको बताइएको छ । अघिल्लो सरकारले पचालझरनालाइ स्थलगत रुपमा मेसिन मार्फत नापजांच गरेर पर्यटन वर्ष २०२०मा ६४ औं स्थानमा पर्यटन गन्तव्य स्थलका रुपमा सुचिमा राखेको भएपनि नेपाल सरकारबाट नेपालको अग्लो झरनाको रुपमा प्रमाणित हुन भने सकेको थिएन ।

    पर्यटन मन्त्रालयको निर्देशनमा नापि विभागबाटको टोलिले स्थलगत रुपमा गरेको अनुगमनले आधिकारीक रुपमा बाटो खुलाइ दिएको छ । कालीकोट जिल्लाको पचालझरना गाउँ पालिकाको वडा न.३को खार्दु गाउँमा रहेको पचालझरना विगतमा पचालछहराका रुपमा चिनिदै आएको थियो । यस झरनाको उचाई ३ सय ८१ मिटर रहेको छ ।

    प्रतिकृया दिनुहोस्