कर्नालीका उत्पादनलाइ झापा सहकार्य गरेर अघि बढ्छ -एनएमसि पूर्व अध्यक्ष उप्रेति

7
SHARES
15
VIEWS

कालीकोट । झापा स्थित नेपाल बहुउदेश्यीय सहकारी सस्था लि. का पूर्व अध्यक्ष रामचन्द्र उप्रेतिले कर्नालिका उत्पादन संग सहकार्य समन्वय गरेर अघि बढ्ने बताएका छन। झापाबाट सहकारी अनुगमन र वजार अवस्थाका बारेमा वुझ विस्तार गर्ने क्रममा कालीकोट आइपुगेका पूर्व अध्यक्ष उप्रेतिले यहाँको टिमुर,ओखर,सिमि,मार्सि चामल लगाएतको वस्तु झापा सम्म पुगाउने गरेर अघि बढ्ने बताए ।

हिमचुली कृषि सहकारी संस्था लि.कालीकोटमा भएको छलफलमा एन एम सिका संस्थापक अध्यक्ष उप्रेतिले आफ्नो सहकारीले गरेका चिया फ्याक्ट्री , दुध डेरी संचालन,सुपथ मुल्य पसल र जग्गा भाडामा लिएर कृषि उत्पादन लगाएतका कारोवारको बारेमा जानकारी तथा स्मरण गराउदै कालीकोटमा हिमचुली कृषि सहकारी संस्थाले दुर्गममा गरेको कामको प्रशंसा गर्दै आफूहरुको सिकाइ हुने बताए।

पूर्व अध्यक्ष उप्रेति सगै पत्रकार मोहन काजी न्यौपाने समेतको सहभागिता रहेको थियो। उक्त टोली दैलेख,कालीकोट जिल्ला हुंदै जुम्ला सम्म सहकारीको अवस्था र कृषि उत्पादनका बारेमा  वुझ विस्तार गर्ने योजना रहेको बताइएको छ।

हिमचुली कृषी सहकारी संस्था लि. का वरिष्ठ उपाध्यक्ष सरोज बोगटी, कोषाध्यक्ष कृष्णकला पाण्डे, मुख्य व्यावस्थापक सहितको टोली द्वारा स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित