नेपाल राष्ट्र बैंकले नयाँ नोटदर आवश्यक विवरण संकलन गर्दै

7
SHARES
15
VIEWS

काठमाडौं । दशैंका लागि  नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ ।
विगतमा राष्ट्र बैंकले दशैं-तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन शुरु गरेको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी गरेको बताएका छन् । अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँ सम्म नयाँ नोट दिने गरेको भएपनि दुर्गममा भने अपुग भएको  थियो ।
यस वर्ष राष्ट्र बैंकले पूर्व तयारी थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित