सुर्खेत जेल ब्रेकका माओवादी नेता वडुवालको निधन

7
SHARES
15
VIEWS

नेपालगंज। सुर्खेत जेलब्रेकका योद्धा तथा नेकपा (माओवादी केन्द्र ) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ । निमोनियाले थला परेका उपाध्यक्ष बडुवालको उपचारको लागि भारत तर्फ लिँदै गर्दा विच बाटोमै निधन भएको बताइएको छ।

नेकपा (माओवादी केन्द्र) ले संचालन गरेको अभियानका क्रममा डोटी कार्यक्षेत्र रहेका बडुवालको केहि दिन पहिलो विराम शुरु भएर कैलाली फर्किएका थिए ।

जनयुद्धकाल मा विद्यार्थी राजनीतिक यात्रा शुरु गरेका बडुवालको घर परिवारका अन्य सदस्य जनयुद्धका क्रममा सहभागि थिए। जनयुद्धका क्रममा डोटी जिल्लामा भागरथि पनेरु (क्रान्ति) संग जनवादी विवाह गरेको केही वर्ष पछि पनेरुको गाडी दुर्घटना मा परी निधन भएको थियो । बडुवाल जनयुद्धको क्रममा सुर्खेत जेल व्रेकका क्रममा झक बहादुर मल्ल, गणेश भण्डारी, देविराम देवकोटा, लोक जंग शाही लगायतका  योद्धा समेत रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित