हरेक मानिसका आफ्नै चाहाना हुन्छन् ।आफनै बिचार हुन्छ्न ।उदश्ये अनि लक्ष्य मान्छे बिचार बाट कहिलै मुक्त हुदैन यो मानवीय गुण हो । तर यहाँ यसो हुन थाल्यो कि बिचार र आस्थाको नाममा झुठो आश्वासन दिनाले नराम्रो परिमाण आउन थालेको छ ।
अहिले हामी सबैको समस्या छ । परनिर्भरताले समाज यस्तो अबस्थामा पुगि सकेको छ जस्तो कि थालमा राखेको भात नि कसैले खुवाइ दियोस । राजापुरको नुन बोकेर खाने हाम्रा अग्रजहरु जीउँदै छन तर हामी आधुनिक युगका हौ भन्ने हरु पल्लो खोपामा रहेको नुन तरकारी हाल्न अल्छि गर्छौं ।
हामी यस्ता मान्छे दिन भरी तास खेल्न लुडो खेल्न कुरा काट्न दिन भरी बिताउछौ एक पटक श्रम गरौ भन्दा ४कोष टाढा भाग्छौ ।अरु उपभोक्त भयो भने पैसा खायो भन्छौं आफू भयो भने ४भाग बढी खान्छौ । हामी गरिब भयौ भन्छौं धानीहरुले बनाएको जाड रक्सी चुरोट,खैनी,पुकार,सुर्ती जङ्गफुड खाएर धनीलाई नै धनी बनाउछौ ।
पछिल्लो समयमा हाम्रो पालिकाको बिसयमा पेचिला प्रश्नहरु खडा भएका छन।
अझै कर्मचारी सयन्त्र माथी गम्भीर आरोप लागेको छ ।यो कुनै एक जना जस्तो कुरा होइन सबै कर्मचारी माथिको सङ्गिन प्रहार हो।हो जनताले राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्न पाउने अधिकार सबैको छ ।तर आफ्नो स्वार्थ पूरा भएपछि सबै भन्दा राम्रो निश्पक्ष अनि आफू अनुकुल भएन भने धादली किर्ते या उ यो सबै परनिर्भरताको उपज हो अरु प्रती गरेको अशाको बिलाशपन हो । यथेष्ट प्रमाण बिना कसैले बोलेको भरमा सामाजिक सन्जाल मात्र तताउनु राम्रो होइन । हरेक कुरालाइ रचनात्मक तरिकाले प्रस्तुत गर्न सकिन्छ ।कागले कान लाग्यो भन्दैमा कागको पछि दौडिने होइन आफ्नो कान छाम्ने हो ।
समय बदलिन्छ सदै उस्तै हुदैन एक चोटि हामी सबैले ऐना मुल्यांकन गर्नु पर्छ ।भनिन्छ नि आफू त राम्रो छु भन्दो ऐना क्या भन्दो ?
पालिका सरकार हाम्रो अभिभाबक को भने हामी सबै परिवार का सदस्य हौ ।अभिभावक प्रती गरेको गुनाशो स्वभाबिक रुपमा लिनु पर्छ यान कि धम्कि पुर्न भासा होइन हावा नचलेर पात हल्लिदैन प्रशासन फितलो पनले उब्जिएको समस्या हो भन्ने कुरा प्रष्ट बुज्न सकिन्छ । त्यसैले कर्मचारी सयन्त्र र सरकारले आत्म समिक्षा गरेर अगाडि बड्नु पर्छ जस्तो लाग्छ ।सबैलाई हेर्ने दृष्टिकोण समान हुनु पर्छ र ध्यान दिनु पर्छ कि भान्छेले बिचैमा उतारेर लुकाएकी ?अनि सर्ब साधारणले गरेको गुनासो लाई इगोको रुपमा लिनु हुदैन। आफ्ना कमि कमजोरी सच्याउन पर्छ ।
एउटा कुरा ख्याल गर्नु पर्छ तोरि पेले तेल निस्कन्छ तेलमा आगो परे ज्वाला दन्किन्छ ।
लेखक : डण्डमान बोगटी, नरहरिनाथ गाउँ पालिकाका स्वास्थ्य कर्मि हुन।
Discussion about this post