हामी जे बोल्छौं सोही गर्छौ,त्यो ज्वलन्त उदाहरण नेकपाले शुरु गरेको छ-रणविर

7
SHARES
15
VIEWS

नेपालगंज । नेकपाका स्थानिय कमिटि सदस्य भरत बम(रणविर)ले नेपालका राजनैतिक दलका नेताहरुले जे बोल्छन,त्यो गर्दैनन ।जे गर्छन त्यो बोल्दैन त्यसैले असफलता तिर गएको बताएका छन । आज(शुक्रबार)नेपालगंजमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका छन । बर्तमान परिस्थिति र नेपालि विशेषताको समाजवाद विषक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

आफुहरुले चन्दा मागेर पार्टी संचालन गर्ने नभई उत्पादन बढाएर आम्दानि बढाउने र पार्टी कार्यक्रता आत्मनिर्भर भएर पार्टीलाई बलियो बनाउने अभियानमा लागि परेको बताए । आफुहरुले देशका विभिन्न ठाउँमा ठुलो परिणाममा जग्गा लिएर कृषि उत्पादन गरेको दावि गरेका छन । यसरी सबै पार्टीका नेताहरुले सोही बमोजिम जनता संग सम्बन्ध जोडेर आत्मनिर्भर बन्नु पर्ने बताए । युवाहरु विदेशमा आशा र स्वदेशमा निराशा हुने दिन अन्त गर्न उत्पादनमा लगाउनु पर्नेमा जोड दिएका छन ।

स्थायि कमिटि सदस्य भरत सि ले १०पेज लामो कार्यपत्र प्रस्तुत गर्दै विश्वको राजनैतिक परिबेश तथा राज्य सत्ताले खेप्नु परेको समस्या देखि नेपालको जनयुद्ध र अहिले सम्मको राज्य व्यवस्थाका बारेमा चर्चा गर्दै आगामि दिनमा समाजवाद प्रतिको अबधारणमा एकिकृत जनक्रान्ति मार्फत सम्भावना रहेकोले यसका लागि सबै क्षेत्र वर्गको अपरिहार्य आवश्याक्ता भएको बताएका छन ।

सो कार्यक्रममा राजनैतिक विश्लेषक,राजनैतिक दल,प्राध्यापक लगाएतका सरोवकारवाला निकायका व्यक्तित्वहरुले आ आफ्नो सुझाव राखेका थिए । उक्त कार्यपत्र माथि आफ्नो धारणा राख्दै प्राध्यापक डाक्टर प्रभाकर शर्माले कम्युनिष्टले बनाउको संविधानमा समाजवाद उन्मुख उल्लेख गरेर पुंजिवादी व्यवस्थाको बाटो अवलम्बन गरेर बाटो विराएको बताए । उनले नेपालमा जनयुद्धको जे जति प्रभावकारी थियो त्यो स्तर घट्नुमा नेपालि जनताको पक्षमा काम गर्न नसक्नु नै रहेको बताएका छन ।

अहिले चिनको भ्रमण प्रचण्डले देशका लागि सुन्य उपलब्धि रहेको बताएका छन ।सो कार्यक्रममा केन्द्रिय सदस्य तथा बांके जिल्ला इन्चार्ज रणदिप सिको संचालन  दक्षिण कर्णालि व्युरो इन्चार्ज संगमको सभाध्यक्षमा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित