आंखाको नयाँ ज्योती पाएपछि . . . . . . . 

7
SHARES
15
VIEWS

कालीकोट । पलातामा भएको आंखा शिविरमा अधिकांस जोडीले नयाँ ज्योती पाएका छन । असोज दोस्रो साता स्थानिय स्तरमा भएको मोतिविन्दु चेकजांच पछि पलाता अस्पातलमा ७५ जनाको सल्यक्रिया भएको छ ।

जिल्ला आँखा उपचार केन्द्र प्रमुख डबल अधिकारीका अनुसार ३८ जना पुरुष र ३९ जना महिलाको नयाँ दृष्टि प्राप्त गर्न सफल भएको बताए । पलाता गाउँ पालिका को आयोजना तथा हिमालयन आंखा अस्पताल घारीपाटन पोखरा र आंखा उपचार केन्द्रको सहजिकरण तथा रेडक्रस कालीकोटको प्राविधिक सहयोगमा उक्त शिविर भएको बताइएको छ। शिविरमा पलातामा पुगेर भएको सहजताले नयाँ सन्देश गएको छ। स्थानियले आंखाको नयाँ ज्योती पाएपछि सरकार हुनु पलाताको जस्तो हुनु पर्छ भन्ने गरेका छन।

यस अघि वर्षको एक पटक जिल्ला सदरमुकाम मान्ममा हुने गरेको आँखा शिविरमा टाढा बाट आउन र जान कठिन हुने अवस्थालाई  गाउँमा शिविर आयोजना गरिएको पलाता गाउँ पालिका  अध्यक्ष विष्णु बहादुर रोकायाले बताए । सवै भन्दा ठूलो काम जेष्ठ नागरिकको सम्मान  रहेकाले कुनै पनि कमी हुन नदिने अध्यक्ष रोकायाले बताए ।

पलाताका स्थानियले आफूहरुको निम्ति इन्द्र भगवान भएको बताए । आँखाको नयाँ ज्योती पाएपछी पलाता २ का धर्म विकले वास्ताविक जनताको सरकार भएको वताउदैं पून्य कमाउन कुनै धार्मिक स्थलमा जानु भन्दा यस्तो काम गरे ठुलो राहत हुने बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित