कालीकोट। दशैं तिहारलाई मध्यनजर गर्दै रास्कोट नगर पालिकाले बजार अनुगमन थालेको छ । रास्कोट नगर पालिकाका नगर प्रमुख धर्मराज शाही सहितको टोलीले आरसिपी बजारका खाद्यान्न लगाएतका पसलहरुमा अनुगमन गरेको छ ।
पछिल्लो समय समुदायलाई दैनिक उपभोग्य सामान अखाद्य तथा म्याद नाघेका वस्तु विक्री हुन थालेपछि अनुगमन गरिएको सहकर्मी टिका उपाध्यायले बताएका छन् । अधीकाँस पसलहरुमा म्याद नाघेको सामान भेटिएको बताइएको छ। रास्कोट नगर पालिका नगर प्रमुख शाहीले उपभोक्तालाई असर नपर्ने गरी वस्तुको उपलब्ध गराउन नगर सरकार लागि परेको बताए ।
Discussion about this post