कालीकोट । दशैं तिहारको मुखमा उपभोक्ता नठगिउन भनेर बजार अनुगमन तिव्र पारिएको छ । पलांता सरकारका प्रमुख विष्णु बहादुर रोकायाको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।
पलांता गाउँ पालिकाको बाख्रे बजारमा अनुगमन गरिएको सहकर्मि धन बहादुर शार्कीले बताए । उनका अनुसार बजारमा म्याद नाघेका उपभोग्य वस्तुको चेक जांचमा स्थानिय सरोकारवाला निकाय,प्रहरी तथा जनप्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।
बजार अनुगमनलाई निरन्तर रुपमा अघि बढाउन स्थानियले निरन्तरता दिन अनुरोध गरेका छन ।
Discussion about this post