Skip

News Portal

  • इजरायल युद्ध, चुम्बन र नयाँ जिवन

    कर्नालीसंचार संवाददाता
    ९९ पटक

    तेलहविव । हमासले दक्षिणी इजरायलको ‘ट्रिब अफ नोभा’ म्युजिक फेस्टिभलमा आक्रमण गरेको थियो । यस हमलामा २६० जनाको मृत्यु भएको दाबी गरिएको छ ।

    आक्रमणमा बाँचेकाहरुले त्यो डरलाग्दो दृश्यलाई आफ्नै शब्दमा वर्णन गरेका छन् । अमित बार र उनका साथी नीर पनि यस हमलामा बाँचेका छन् । सामाजिक सञ्जालमा दुवैको एउटा तस्विर भाइरल भइरहेको छ, जसमा दुवैलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । यस दम्पतीले आक्रमण पछिको अवस्था वर्णन गरेका छन् ।

    अमित र नीर दुवै जना बाँच्नका लागि भागेको बताउँछन् । तर यस्तो हुन्छ भन्ने सोचेका थिएनन्, त्यसैले उनीहरुले एकअर्कालाई चुम्बन गरे र अहिले बाँचेर आफ्नो तस्विर पोष्ट गरेका छन् । उनले सोचे कि यो उनको अन्तिम चुम्बन हुनेछ । दुबैले झाडीमा भागेर आफ्नो ज्यान बचाए तर यही क्रममा उनीहरू आफ्नो साथी जीवबाट अलग भए । उनका साथी, जसको नाम जीव थियो, उनी अरुलाई सहयोग गर्न निस्किएका थिए र अहिलेसम्म उनको कुनै पत्ता लागेको छैन ‘

    अमितले इन्स्टाग्राममा नीरका लागि खुला पत्र लेखेका थिए, जसमा उनले त्यो भाइरल तस्विर पनि पोस्ट गरेका थिए । अमितले लेखेका छन्, ‘जीव बिना हामीले गुज्रिएको दुःखलाई शब्दमा व्यक्त गर्न गाह्रो छ । ऊ घर नआएसम्म सबै कुरा समाप्त हुँदैन । तर हामी बाच्नु एउटा चमत्कार भयो ।

    रकेटबाट हमला सुरु भएको अमित बताउँछन्, ‘हामी आफैंलाई ढुक्क भइरहेका थियौं कि तिनीहरूले हामीमाथि हानेको बम खस्दैनन् र सबै ठीक हुन्छ।’ तर, अचानक चारैतिर गोलीको आवाज आएको र मानिसहरु लडिरहेका देखेको उनले बताए । आतंककारीहरू मोटरसाइकलमा बसेर चारैतिर घुमिरहेका थिए । उनले अरुलाई पनि गोली हानेका थिए । कुनै न कुनै तरिकाले ज्यान जोगाएर झाडीमा लुकेर बस्यौँ । हामी शान्तिपूर्वक लुकेका थियौँ ताकि हमासका आतंककारीहरू यहाँबाट जान सकुन् ।

    अमित बताउँछन् कि यो डरलाग्दो क्षणमा नीरले सेल्फी लिन भनेका थिए ताकि यो डरलाग्दो क्षणलाई कैद गर्न सकियोस् । उनीहरुलाइ लागेको थियो, यस गोलीकाण्डमा अब बाँच्ने पक्का नै थिएन । सुरुमा अलिकति हिचकिचाए तर पछि राजी भएको अमितले बताए । उनले सोचे कि, यो उनको अन्तिम सम्झना हुन सक्छ । त्यसपछि दुवैले चुम्बन गरे र उनको तस्विर क्लिक गरे र आफूसँग राखे, जो अहिले जीवन बाँचे पछि इन्स्ट्रागममा राखे पछि भाइरल भइरहेको छ । एजेन्सि

     

    प्रतिकृया दिनुहोस्