सेरावाडा-पादमघाट सडक निर्माण तिव्रगतिमा

7
SHARES
15
VIEWS

कालीकोट । सडक संजालमा जोडिन बांकी महाबै गाउँ पालिकाको सेराबाडा देखि पादमघाट सम्मको सडकको काम तिव्रगतिमा शुरु भएको छ ।सेराबाडा देखि महाबै जोड्ने बेलिव्रिजको काम भएपछि सडक संजालमा जोड्न सहज हुने भएकाले उक्त सडकको काम तिव्र गतिमा अघि बढेको बताइएको छ ।

महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंह सहितको टोलिले पटक पटक अनुगमनलाई जोड दिदै निर्धारित समयमा सम्पन्न गर्न ध्यान दिएको बताइएको छ ।

पछिल्लो समयमा महाबै गाउँ पालिकाले ढुवानिका साधन गाउँ पालिकामा सुचारु गरेको छ भने आवत जावतका लागि सडकको काम तिव्रतामा दिन लागि परेको बताइएको छ । महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंहले गाउँ पालिकामा सडकको पहुंच पुगाउन आफु लागि परेको बताएका छन ।विहबार सेराबाडा देखि पादमघाटको सडकको अनुगमन गर्दै छाटै समयमा सम्पन्न गर्ने बताए ।

अध्यक्ष सिंहले भने अब जटिल स्थानको काम भएको छ थोरै स्थानमा छिटै सम्पन्न हुने र महाबै बासिले यातायातको साधन प्रयोग गर्न पाउने भएको दावि गरेका छन । महाबै गाउँ पालिकामा सडक संजाल र यातायात सुचारु नभएपनि पालिकाका सबै वडामा भने सडकको निर्माण भएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित