एमालेले सहमति बिना सदस्यता फारम भरेपछि बराल द्वारा आपत्ति

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा रहेको बडीमालिका मा.वि.स्यूनामा कार्यरत शिक्षक महाप्रसाद बरालले आफ्नो सहमति बिनामा पार्टी सदस्यता भरेको भन्दै निन्दा गरेका छन। बरालले आज एक विज्ञप्ति निकाल्दै आफू २०५६ साल देखि नेकपा (माओवादी केन्द्र)मा आस्थावान रहेको बताउदै आफूले एमालेकाे पार्टी सदस्य फारम नभरेको र रकम समेत भुक्तानी नगरेको उल्लेख गरेका छन।

उक्त विवरण म सँग नमिलेको र यस्ता काल्पनिक विवरण भरी आफ्नो जिवनको लागि चरित्र हत्या गरेको र राजनैतिक वेइमानी प्रति घोर निन्दा गरिएको बताउदै आफूले सहमति,हस्ताक्षर र भुक्तानि नभएको उल्लेख गरेका छन।

शिक्षक बरालले आफू नेकपा (माओवादी केन्द्र) निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध रहेको र निरन्तर रहने बताएका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित