Skip

News Portal

  • महिला प्रधानध्यापक भएको कालासिल्लाले जित्यो रास्कोट चौथो राष्ट्रपति रनिङ शिल्ड

    कर्नालीसंचार संवाददाता
    ४४७ पटक

    वाँके । रास्कोटम संचालित चाैथाे स्थानीय तह राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कालासिल्ला माध्यमिक विद्यालय गोरखाली गाउँ प्रथम आएको छ। जनजागृति माध्यामिक विद्यालय फुकोटमा संचालीत प्रतियोगितामा दोस्रो स्थान वडिमालिका मा. वि स्युना र तेस्रो स्थान मोतीराम मा वि सिपखानाले ल्याएको बताइएको छ ।

    उत्कृष्ट खेल खेलाउने सबै खेलाडी र सहभागि विद्यालयलाई धन्यवाद दिदै रास्कोट नगर प्रमुख धर्मराज शाही पोषणले खेल क्षेत्रलाई अघि बढाउन नगर सरकार लागी परेको बताएका छन। रास्कोट  क्षेत्रको कान्छो मा.वि गोर्खाली गाउँ महिला शिक्षिका आशा धमाला केसिले नेतृत्व गरेको विद्यालय हो।

    उक्त विद्यालय जिल्ला कै माध्यामिक विद्यालयहरु मध्येको महिलाले नेतृत्व गर्ने पहिलो महिला प्रअ केसी हुन। यस अघि उक्त विद्यालयका प्रधानाध्यापक सन्तराज शाही सेवा निवृति पछि उक्त विद्यालयको जिम्मेवारी आशा धमाला केसीले गर्दै आएकी छन।

     

    प्रतिकृया दिनुहोस्