चाड पर्वमा भड्किलो खर्च नगरौं-उपसभामुख न्यौपाने

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नालि प्रदेश सभाकी उपसभामुख यशोदा  न्यौपानेले देशमा बढ्दो आर्थिक मन्दीका बावजुत पनि दशै,तिहार,तिज जस्ता चाड पर्वहरुमा देखाईने खर्चिलो र भड्किलो लवाई खवाई, रहन सहनले समाज कतै जोखिमको भड्खालोमा जाने हो कि  भन्ने चिन्ता ब्यक्त समेत गरेकी छन् ?

विजया दशमीको अवसरमा नेपाल समाजवादी पार्टी कर्नालि प्रदेशले आयोजना गरेको विशेष एक शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले सो कुरा बताएकी छन ।

उपसभामुख न्यौपानेले आफ्नो जिम्मेवारी नमुना योग्य काम गरेर पुरा गर्ने बताएकी छन । उपसभामुख न्यौपानेले सुर्खेतमा भएको एक कार्यक्रममा सेवा प्रभावकारी बनाउन आफुलाई भरपुर रचनात्मक सुझाव सल्लाहको आशा गरेको बताएकी छन ।

आफुलाई दिने सुझावले मैले अन्जानबस गर्ने गल्तिलाई सुधार गर्नेमा सहजता हुने बताएकी हुन । उपसभामुख न्यौपानेले प्रदेश सभा संचालनमा इतिहास मै पहिलो पटक सभामुख र उपसभामुखमा हामी महिलाहरुले जिम्मेवारी पाएका छौं ।

आफुहरु चेली हौ हामी हामीले खेल्ने भुमिकामा असफल हुनु नै सिंगो कर्नालि असफल हुनु हो, त्यसैले सिंगो कर्नालिलाई राज्य स्तरमै नमुनाको रुपमा चिनाउन आफु लागि पर्ने र त्यसका लागि सकरात्मक सुझावको अपेक्षा गरेको बताएकी हुन ।
उक्त कार्यक्रममा नेपालि कांग्रेस कर्नालि प्रदेशका उपसभापति कालि बहादुर सहकारी,नेकपा(एमाले)का कृष्ण विसि,नेकपा(माओवादी केन्द्र)का प्रेम बहादुर रावत,नेकपाका ध्रुब सि र राप्रपाका सुर्य खत्रि लगाएतका नेताहरुले विजया दशमी तथा शुभ दिपावलीको शुभकामना मन्तव्य दिएका थिए ।
शुभकामना आदान प्रदान कार्यक्रम बारे बोल्दै नेपाल समाजवादी पार्टी प्रदेश अध्यक्ष लक्ष्मि प्रसाद भट्टराईले चाड पर्व विशेष शुभकामना आदान प्रदान मात्र नभै अहिले देशमा भईरहको अस्थिरता बारे हामी सचेत नागरिकले आ आफ्नो क्षेत्रबाट खेल्न पर्ने भुमिकाबारे अन्तरक्रियात्मक रुपमा कार्यक्रा गरिएको बताएका छन् ।सो शुभकामना आदान प्रदान कार्यक्रममा व्यवसायि,संचारकर्मि तथा उद्योगिका साथै व्यवसायिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित