Skip

News Portal

  • खयरकोटमा संचालित खेलकुदमा खांडाचक्र विजेता र उपविजेता

    कर्नालीसंचार संवाददाता
    २७१ पटक

    कालीकोट । पचालाइरनाको खयरकोटमा संचालित खेलकुद तथा सांस्कृतिक कार्यक्रममा खांडाचक्रले विजेता र उपविजेता हात पारेको छ। प्रगतिशिल युवा क्लवले आयोजना गरेको उक्त कार्यक्रममा जिल्लाभर बाट एक दर्जन बढी टिमको सहभागितामा भएको कार्यक्रममा विजेता टिम खाँडाचक्र छ दाहाँ रहेको छ भने उपविजेतामा खाँडाचक्र ११ रेंगिलले हात पारेको छ ।

    जुन सांस्कृतिक कार्यक्रम कार्तिक १ गते उद्घाटन गरिएको थियो । सो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी की संघिय सांसद विनिता कठायतले उद्घाटन गरेकी थिइन ।

    क्लवका अध्यक्ष रमेश कठायतका अनुसार एकल प्रयासले शुरुवात गरिएको कार्यक्रममा सहयोग गर्ने जनप्रतिनिधि सुरक्षाकर्मि लगाएत सबैलाई धन्यवाद दिएका छन। उनले भने असम्भव काम कुरालाई सम्भब गराउन समुदायले आवश्यक सहयोगले ठुलो साहस पैदा भएको बताए ।

     

    प्रतिकृया दिनुहोस्