Skip

News Portal

  • योजना मिलाइ दिने भन्दै राष्ट्रिय सभा सदस्य नरपतिले असुले लाखौं रकम

    कर्नालीसंचार संवाददाता
    ३४३ पटक

    सिमकोट ।योजना मिलाउने भन्दै कालीकोट बाट राष्ट्रिय सभा सदस्य नरपति लुवारले हुम्लाका स्थानिय संग पैसा असुलेको आरोप लागेको छ । हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नम्बर ४ का सुरेश बुमीबाट राष्ट्रिय सभाका सदस्य लुवारले सो पैसा असुलेको आरोप लागेको हो।

    बुमीका अनुसार गत फागुन ११ गते योजना मिलाई दिन्छु भन्दै सांसद लुवारले एभरेष्ट बैँकमा रहेको आफ्नो खातामा पैसा हाल्न लगाएका थिए। पिडित बुमिले सांसद लुवारको खातामा एक लाख असी हजार जम्मा गरेका गरेका थिए। सात महिना बितिसक्दा पनि सांसद लुवारले उल्टै सम्पर्कविहीन भएपछि पिडीत बुमीले आफ्नो पिडा सार्वजनिक गरेका हुन्।

    पिडित बुमीले आफूले सांसदलाई बुझाउन ऋण लिएको र साहुले आफ्नो पैसा फिर्ता गर्न बारम्बार भनिरहेको र सांसद भने सम्पर्कविहिन भएका कारण आफूले पिडा सार्वजनिक गरेका बताएका छन् ।सांसद लुवारको खातामा हुम्लाकै अदानचुली–६ का मोहन बुढाबाट पनि एक लाख जम्मा भएको छ।

    यो रकमपनि योजना मिलाईदिने भन्दै सांसद लुवारले आफ्नो खातामा जम्मा गर्न लगाएका थिए।सांसद लुवार नेकपा एमाले कालीकोटबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। उनी गोला प्रथाद्धारा ६ वर्षको लागि निर्वाचित भएका थिए। उनीसँग सम्पर्क गर्न खोज्दा हुन सकेको छैन्। सांसद लुवारको मोवाईल नम्बर 9867961350 मा सम्पर्क गर्न खोज्दा आगमन कल निशेध गरिएको छ।

    #यो समाचार हुम्लाबाट राजन रावतले लेखेको देश संचार डटकम बाट साभार गरिएको हो।

     

    प्रतिकृया दिनुहोस्