स्थानिय तहमा जनशक्ति नहुंदा सहकारीको अनुगमन भएन

7
SHARES
15
VIEWS

कालीकोट,असार ।कर्नालि प्रदेश सहकारी संघका सचिव तथा जिल्ला सहकारी संघ लि.कालीकोट अध्यक्ष काली बहादुर महताराले स्थानिय निकायलाई नियमन तथा अनुगमनको जिम्मेवारी मात्र दियो त्यसका लागि जनशक्ति व्यवस्थापन गर्न नसक्दा सहकारीहरु अन्यौलताका विचबाट अघि बढेको बताउनु भएको छ ।

अहिले ऐन निमयहरुको सहि ढंगले कार्यन्वयन हुनु नसक्नु जनशक्तिका अपुर्णता मुख्या कारण भएको बताउदै संघिय सरकारले देशमा सहकारीहरु नाममा मात्र रहेकाले थोरै गर्ने तर गुणात्मक र उत्पादन तथा व्यवसायि बनाउन मर्जरको निति अघि सारेको छ भने स्थानिय निकायले धमाधम दर्ता प्रक्रिया अघि बढाएकोले पुराना सहकारीहरु ओझेलमा परेका छन ।तत्कालिन समयमा सहकारीहरुको जिल्ला स्तरमा डिभिजन सहकारी कार्यालय रहेको भएपनि संघियता पछि स्थानिय निकायलाई दिएको अधिकार अनुसार हुन नसकेको अध्यक्ष महताराको भनाई रहेको छ ।

कर्नालि संचार संग कुरा गर्दै अध्यक्ष महताराले सहकारीहरुको छाता संगठन जिल्ला सहकारी संघ लि.समन्वय गर्ने मात्र भएकाले स्थानिय निकायहरुको स्थलगत अनुगमन गर्ने कुनै अधिकार नभएको बताउनु भएको छ । कालीकोट जिल्लामा रहेका सहकारी संस्थाहरुले सामाजिक जागरण र वित्तिय क्षेत्रमा ठुलो देन गरेको बताउदै सानो पुंजिबाट व्यवसायको शुरुवात गर्ने आधार बनेको छ भने ग्रामिण क्षेत्रका समुदायहरुका लागि शाहरा बन्न सफल भएको् छ ।

जहां वित्तिय सेवाहरु बैंकहरुको पहुंच नभएको अवस्थामा स सानो पुंजि बचत गर्ने र लघु उद्यम व्यवसायका लागि शुरुवात गरेको छ । त्यति मात्र नभई सहकारीका माध्यमबाट महिलाहरुमा चेतना अभिबृद्धिका साथै आत्मसनिर्भर हुने बाटोको शुरुवात भएको बताउनु भएको छ । समाजमा हुने असमानता, विभेदलाई न्युनिकरण गर्न सामाजिक क्षेत्रमा सहकारीले महत्वपूर्ण काम कार्बाही अघि सारेको अध्यक्ष महताराको दावि छ ।
संघियता लागु हुनु भन्दा अघि कालीकोटमा स्थापना भएको २ सय २३ वटा सहकारी संस्थाहरु रहेका छन ।

पछिल्लो समयमा स्थानिय तहहरुले के कति दर्ता गरेका छन त्यसको विवरण नआएकाले एकिन संख्या भन्न नसकिने बताउदै अध्यक्ष महताराले सहकारीको प्रवद्धनका लागि कालीकोट स्थानिय तहहरुलाइ १५ बुद्धे सुझाव पत्र दिएका छौ सोही अनुसार स्थानिय निकायले सहकारी प्रवद्धनमा भुमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित