News Portal

  • मोडल इब्सु संज्याल दोहोरी गायनमा चर्चित बन्दै

    रुपेन्द्र ऐडी९ कात्तिक
    ३८५ पटक
    ९ कात्तिक

    बांके । पछिल्लो समय निकै भाइरल बनेकी इव्सु संज्यालले एक दर्जन बढि दोहोरी गित गाइसकेकि छन । सर्वप्रथम इन्देणिमा पानका पातबाट शुरु भएको दोहोरी गाएन पछि मिलन लामा संग गाएकी हुन । यस भन्दा अघि मोडलका रुपमा विभिन्न क्षेत्रमा सहभागि हुंदै आएकी कालीकोटकी चेलि इब्सु संज्याल दोहोरीमा चर्चामा आएकी छन ।

    कुनै समय चर्चामा आएका सुप्रिम मल्लका साथै बाल गायिका कमला घिमिरे,अस्मतिा डल्लाकोटी,पुजा देबकोटा,इश्वरी परियार,आयुशा गौतम,सुमन परियार,कल्पना विष्ट,संगिता खड्का,सिम्रन परियार संगै पछिल्लो समय चर्चामा आएकी हुन कालीकोटे चेलि इव्सु ।

    कालीकोट जिल्लाको पचालझरना गाउँ पालिका वडा न.६ निवासि इवसु संज्याल बाल्यकालमा कलाकार बन्नमा इच्छा रहेकै कारण मोडल क्षेत्रमा उदायकि थिइन । एक दर्जन बढि देउडा तथा अन्य भिडियोमा सहभागि भएकी संज्याल पछिल्लो समयमा चर्चामा रहेका कालकारहरु संगको सहजै दोहोरीले झन शाहस बढेको छ । पछिल्लो समयमा टिकटक तथा फेसबुक लगाएतका सामाजिक संजालमा इब्सुको मात्र छत्रछायाँ रहेको छ ।

    कालीकोटको अर्गानिक खाना देखि रारा हुंदै अन्य स्थानिय क्षेत्रको पहिचान झल्काउने मात्र नभई कला संस्कृतिको संरक्षणमा अभियान थालनि गरेको भाव उनमा पाइन्छ । कलाकार खगेन्द्र न्यौपानेको पहलमा अघि बढेकी इव्सुले मोडलका साथै गायिकाको पहिचान दिन अग्रसर भएकी छन । सिंगो कालीकोटको गहनाका रुपमा लिन थालिएको छ ।

    कालीकोट जिल्लामा पछिल्लो नवगाएकहरु एक पछि अर्काे विकास हुन थाले संगै सांस्कृति क्षेत्रमा भने नयाँ पन आउने आशा थालिएको छ । तर कला संस्कृतिको संरक्षण तथा सम्बद्धनमा स्थानिय निकाय तथा प्रदेश सरकारले भने केही योजना अघि नबढाएको प्रति भने कलाकारहरु नै रुष्ट हुंदै आएका छन । कालीकोट जिल्लामा पहिलेका कलाकार देखि अहिलेका नवउदयमान कलाकारहरु थप प्रवद्धन तथा विकासमा सबै लागि पर्नु पर्ने सर्वत्र आवाज उठ्न थालेको छ ।
    कालीकोटका को को छन  ? उदयिमान नवकलाकारहरु
    महेन्द्र शाही रास्कोटी(लालु)
    रत्नकमल विष्ट(पिपलकोटी)लालु
    यशोदा देवकोटा(रकु)
    कमला धामी(मेहलमुडी)
    धर्मराज न्यौपाने(शिशिर)कालीकोटको कालो(सिपखाना)
    कमल शाही(कंचन) फुकोट
    इब्सु संज्याल(मोडल तथा गायिका)नानिकोट
    तिलक बुढा(कर्नालिको लाटो) खिन
    विहानि विक(मान्म)
    बसन्त विक(मान्म)
    खगेन्द्र न्यौपाने(जुविथा)
    आशा शाही(डिल्लिकोट)मोडल
    ……………….

    प्रतिकृया दिनुहोस्