Skip

News Portal

  • शनिवार चन्द्र ग्रहण लाग्ने

    कर्नालीसंचार संवाददाता
    १४३ पटक

    काठमाडौं । कात्तिक ११ गते शनिबा चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति का अनुसार राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने जनाइएको छ । समिति सदस्य धर्मशास्त्रविद् प्रा.डाक्टर देवमणि भट्टराईले दिएको जानकारी अनुसार राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने छ ।

    चन्द्रग्रहणका बेला नित्य कर्म गर्न सकिने तर विशेष कामना राखेर गरिने कर्म भने गर्नु नहुने बताइएको छ । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए ।

    चन्द्रग्रहणको ९ घण्टा अघि देखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमको भनाइ छ । सो दिन दिउँसो ४:१९ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने बताइएको छ ।

    यसै समयमा गएको वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

     

    प्रतिकृया दिनुहोस्