कालीकोट । रास्कोट नगरपालिकामा महायज्ञ शुरु भएको छ ।रास्कोट नगरपालिकाको वडा नम्बर ८मा रहेको जनजागृती माध्यमिक विद्यालयमा रास्कोट धार्मिक एवम शैक्षिक ज्ञानविज्ञान महोत्सव तथा महायज्ञ शुरु भएको छ । प्रदेश क का सांसद दुर्ग बहादुर रावतको प्रमुख आतिथ्यता तथा र प्रदेश ख का सांसद हिक्मत बहादुर विष्टको विशेष आतिथ्यतामा महायज्ञ उद्घाटन गरिएको छ।
जनजागृति माध्यमिक विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि महायज्ञ संचालन गरिएको बताइएको छ । सो कार्यक्रममा रास्कोट नगरपालिकाका उपप्रमुख,विभिन्न राजनितिक दलका नेता तथा धामिर्क सरोकार राख्ने व्यक्तित्वहरुको उपस्थितिमा आज आइतबार उद्घाटन गरिएको छ ।
सो महायज्ञमा मुख्य गरुका अन्तराष्टिय भागवत भुषण आचार्य श्री संजेल जि महाराज,कथा वाचक आचार्य नरेश,भारत दक्ष मन्दिरका निवर्तमान पुजारी तुलाराम दहाज जि,बरिष्ठ संगितकार शिरि साधक,महाकाव्य कवि एवंम वाल संस्कार अभियान्ता रिहालाल कँणेल लगाएतका पुजारी तथा विशिष्ट व्यक्तिहरु रहेको बताइएको छ । पत्रकार टिकाराज उपाध्ययका अनुसार आइतबार उद्घाटन भएको महायज्ञ कात्तिक १९ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ ।
सो महायज्ञबाट संकलित रकम सो विद्यालयको प्रयोजनमा लगानि गर्ने विद्यालयका प्रधानध्यापक नगराज उपाध्ययले बताएका छन ।
जनजागृति माध्यमिक विद्यालयमा आज कलस सजिसवाटका साथ रंगरोगन गरि राखिएको छ । जनाजागृति माध्यमिक विद्यालय डंग्रिडांडा बेहुलि जस्तै सजिसजावट भएको छ । सयौं भक्तजनहरुको घुइचो लागेको छ ।
यस पटकको महायज्ञ जिल्लाकै दोस्रो पटक तथा रास्कोटका लागि पहिलो महायज्ञ भएको बताइएको छ । यस कायले शैक्षिक संस्थाको विकास र समुदायले धार्मिक संस्कार अनुसार पुजा अर्चना गर्न पाउने भएको स्थानियको भनाई रहेको छ ।
Discussion about this post