बन्दाबन्दीपछि इन्टरनेटको खपत ३५ प्रतिशत बढ्यो

7
SHARES
15
VIEWS

काठमाडौं,असार । कोरोनाभाइरस (कोभिड–१९)को जोखिम न्यूनीकरण गर्न सरकारले ११ चैतदेखि गरेको बन्दाबन्दीपछि नेपालमा इन्टरनेटको खपत ३५ प्रतिशतसम्मले बढेको छ । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलबार आयोजना गरेको डिजिटल सम्मेलनमा नेपाल नेटवर्क सेवाप्रदायक समूहका अध्यक्ष समीत जन थिङले उक्त तथ्यांक सार्वजनिक गरेका हुन्।

बन्दाबन्दीले देशभित्रको इन्टरनेट खपत ३५ प्रतिशत र बाह्य खपत २५ प्रतिशत बढेको पनि थिङले बताए । उनले भने ‘‘लकडाउन अघि १४८६ गिगाबाइट प्रतिसेकेण्ड खपत हुँदै आएको इन्टरनेट त्यसपछि १९७१ गिगाबाइट प्रतिसेकेण्ड पुगेको छ ।’’ इन्टरनेट सेवाप्रदायकहरुले आफैं गर्ने खपतसमेत जोड्दा २१०० गिगाबाइट प्रतिसेकेण्ड खपत हुने गरेको थिङको भनाइ छ।

उनले सामान्य अवस्थामा हरेक वर्ष औसत २३ प्रतिशतको वृद्धिले इन्टरनेटको बजार बढ्ने गरेको भएपनि बन्दाबन्दपछिको चार महीनामै ३५ प्रतिशतले बजार बढेको बताए । बन्दाबन्दीले नेटफ्लिक्समा सिनेमा हेर्ने र घरमै बसेर टिकटक चलाउनेको संख्या बढेको छ।

अनलाइन लुडो, विभिन्न प्रकारका मोबाइल गेमिङको प्रयोगले पनि इन्टरनेटको खपत दोब्बर बढेको नेपाल नेटवर्क सेवाप्रदायक समूहको भनाइ छ । बन्दाबन्दीले घरमै बसेर कार्यालय चलाउनेदेखि दिन कटाउनसम्म इन्टरनेटको प्रयोग हुने गर्छ । यसका साथै गुगल, फेसबूक र अमेजनमा पनि इन्टरनेटको प्रयोग उच्च दरले बढेको तथ्यांकले देखाउँछ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रोयले पनि बन्दाबन्दीअघिका १० दिनको तुलनामा त्यसपछिका १० दिनमै इन्टरनेटको प्रयोग ३६ प्रतिशतसम्म बढेको बताए । उनले अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत पनि १० प्रतिशत हाराहारीमा बढेको बताए।

बन्दाबन्दीले इन्टरनेटको मागमा पनि स्थिरता ल्याएको छ । रोय भन्छन्, ‘‘पहिले दिनभरिमा कुनै समय अत्यधिक माग आउने र कुनै समय माग निकै घट्ने गरेको थियो । तर अहिले त्यस्तो उतारचढाव देखिएको छैन ।’’ साँझ ८–१० बजेको समयमा अहिले पनि इन्टरनेटको खपत उच्च विन्दुमा हुने गरेको छ।

कहाँबाट आउँछ इन्टरनेट ?

नेपालमा इन्टरनेटको ब्याण्डविथ भित्र्याउने मूलबाटो भैरहवा नाका हो । त्यसपछि वीरगञ्जबाट पनि धेरै ब्याण्डविथ आयात गर्छ। ढल्केबर, दुहबी र टनकपुरबाट पनि नेपालमा इन्टरनेट आयात हुने नेपाल नेटवर्क सेवाप्रदायक समूहले जानकारी दिएको छ। रसुवागढी नाका भएर ब्याण्डविथ किन्ने चीनसँग सम्झौता भए पनि त्यहाँबाट अहिलेसम्म ठूलोमात्रामा ब्याण्डविथ आयात हुन सकेको छैन।

रसुवागढी नाकाबाट इन्टरनेट ल्याउँदा हिमाली बाटो भएकाले प्राकृतिक प्रकोपको जोखिम बढी भएको नेपाल नेटवर्क सेवाप्रदायक समूहका अध्यक्ष थिङ बताउँछन । इन्टरनेटलाई हिमपहिरो र हिमपातले पनि बेलाबेला फाइबरमा समस्या ल्याउने गरेको छ। सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आउने इन्टरनेटमा पनि पूर्वाधार निर्माणको काम हुँदै छ।

त्यो नाका खुलेपछि चाहिं चीनसँगको कारोबार बढ्नसक्ने अनुमान छ । एउटा नाकामा समस्या हुँदा अर्को नाकाबाट ब्याण्डविथ ल्याउन सक्ने सुविधा भएमा चिनियाँ ब्याण्डविथ आयात गर्न इन्टरनेट सेवाप्रदायकहरु तयार हुनसक्छन् । भारतको तुलनामा चिनियाँ इन्टरनेट महँगो पर्ने भएकाले पनि नेपाली सेवा प्रदायक आकर्षित हुन सकेका छैनन्।

नेपालले अहिले भारतको एयरटेल र टाटा कम्पनीसँग ठूलो मात्रामा इन्टरनेट खरीद गरिरहेको छ । त्यसपछि सिफी र अरु थुप्रै कम्पनीको इन्टरनेट ब्याण्डविथ पनि नेपालले आयात गर्छ । चीनबाट भने नेपाल टेलिकमले चाइना टेलिकमसँग इन्टरनेट किनिरहेको छ । अलिबाबा र बाइडुजस्ता कम्पनीबाट पनि मर्कन्टायल र वर्ल्ड लिंकले कमैमात्र भए पनि इन्टरनेट खपत गर्ने गरेको नेपाल नेटवर्क सेवाप्रदायक समूहको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित