Skip

News Portal

  • रास्कोट महायज्ञमा भुमिदान देखि लाखौं रकम संकलन (तस्बिर सहित)

    रुपेन्द्र ऐडी१६ कात्तिक
    ३४३ पटक
    १६ कात्तिक
    कालीकोट ।फुकोट धार्मिक एवं शैक्षिक महा महोत्सवमा दान गर्नेको संख्या बढेको छ । रास्कोट नगरपालिकाको वडा न.८ जनजागृति माध्यमिक विद्यालयमा भएको महायज्ञमा भुमि दान देखि नगद दान गर्ने क्रम बढेको छ ।
    विद्यालयका शैक्षिक स्तर बृद्धिका लागि शुरु भएको महायज्ञमा अधिकतम १ लाख ५ हजार सम्मको नगद दान गरिएको छ भने सबै भन्दा बढि रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बरालले एक लाख एक हजार एक सय एघार रुपैया नगद सहित ६ सय वर्ग मिटर जग्गा दान गरेको बताइएको छ ।
    त्यसै गरी रास्कोट नगरपालिका ८ निवासि पूर्व शिक्षक हरिराम बरालले एक लाख ५ हजार ५ सय ५१ रुपैया नगद दान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बरालले जानकारी दिएका छन ।
    उनका अनुसार ास्कोट नगरपालिका वडा न.८ पलांतिबाडा निवासि शिक्षक बुद्धि प्रसाद न्यौपानेले एक लाख तिन हजार पांच सय ५१,रास्कोट नगरपालिका वडा न.८ निवासि भद्धादेवि उपाध्ययले एक लाख एक हजार एक सय ५१ र सोही वडाका स्थानिय जयनन्द बरालले एक लाख एक हजार एक सय पांच नगद दान गरेका हुन ।
    त्यसै गरी कर्नालि प्रदेश सभा सदस्य(सांसद)दुर्ग बहादुर रावतले विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि ५१ हजार एक सय ५१ रुपैया दान गरेको बताइएको छ ।महायज्ञ कात्तिक १९ गते सम्म संचालन हुने बताइएको छ ।उक्त दान गरेको रकम विद्यालयमा अक्षय कोष निर्माण गरि प्रयोजनमा ल्याउने बताइएको छ ।
    रास्कोट फुकोट धार्मिक एवं शैक्षिक महायज्ञ तथा महोत्सवमा दान गर्ने दाता 
    १)जयनन्द बराल रा.न.पा.-९ थोल्म- रु१०११०५
    २)भद्दा देवि उपाध्याय रा.न.पा-८ साराकोट-रु १०११५१
    ३)मनिराज बराल रा.न.पा.-८ पाटेडिल(नगर उप-प्रमुख) -भुमी दान ६०० बर्ग मिटर
    ४)मनिराज बराल रा.न.पा.-८ पाटेडिल(नगर उप-प्रमुख) -अक्षयकोष निर्माण -रु १०११११
    ५)हरिराम बराल रा.न.पा.-८ पाटेडिल -अक्षयकोष निर्माण -रु १०५५५१
    ६)बुद्धि प्रसाद न्याैपाने रा.न.पा-८ पलातिबाडा रु १०३५५१
    ७) दुर्ग बहदुर रावत (कर्णाली प्रदेश सभा सदस्य) रु-५११५१
    ८)कर्णदेव उपाध्याय रा.न.पा.-९ बालुखेत रु१२१०५
    ९)गंगाराम बराल रा.न.पा.-८ बास्तोला रु१४२५५
    १०)डिल्ली बराल रा.न.पा.-८ पाटेडिल रु१११०५
    ११)रत्नसोभा बराल रा.न.पा.९ बालुखेत रु १११११
    १२)पुल्ती बराल रा.न.पा-९ बालुखेत रु १११०५
    १३)निर्मला बराल रा.न.पा.-९ थोल्म रु १३५०५
    १४)रविलाल उपाध्याय रा.न.पा -९ रु १३५०५
    १५)नन्दलाल बुढथापा रा.न.पा.-९ रु ११५०५
    १६)छत्ती बराल रा.न.पा.-९ रु १२५०५
    १७)देवकृष्ण धमाला रा.न.पा-८ रु१११०५
    १८)धनन्जय धमाला रा.न.पा.-८ रु १५२५५
    १९) मनिराज बराल(स्टार) रा.न.पा-८ रु २११००
    २०)मदन बराल रा.न.पा-८ रु१११०५
    २१) मादब प्रसाद बराल रा.न.पा.९ रु ५१०५
    २२)नन्दलाल बराल रा.न.पा-८ रु ५००५
    २३)सुशील राज बराल रा.न.पा -८ रु ५५०५
    २४) मिलन बराल रा.न.पा.-८ रु ५५००
    २५) जमुन बराल रा.न.पा.-८ रु ५५००
    प्रतिकृया दिनुहोस्