प्रदेश सरकारको नौलो काम,अब कर्नालि प्रदेशको जुनसुकै ठाउँमा निशुल्क एम्बुलेन्स

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेश सरकारले कर्नालिका वस्तिहरुमा निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । कर्नालि प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा स्वस्थ्य सेवा निर्देशनालय सुर्खेतले विरामि तथा घाईतेलाई निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।

आज अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय एम्बुलेन्स निति २०७८ अनुसार प्रदेश सरकारले निशुल्क एम्बुलेन्स संचालनको ढांचा लगाएका विषयमा सहजिकरण गरेको हो । उक्त सेवा लिनका लागि मन्त्रालयले टोल फ्रि नम्बर समेतको व्यवस्था गरेको बताइएको छ ।

जसमा पैसा नलाग्ने टोल फ्रि नम्बर १०२ रहेको छ । आवश्यक परेको अवस्थामा जुनसुकै स्थानबाट फोन गर्दा उक्त एम्बुलेन्स पुग्ने बताइएको छ ।त्यति मात्र नभई मोबाइलबाट एम्बुलेन्स नेपाल एप डाउनलोड गरेर समेत सेवा लिन पाइने भएको छ ।

एम्बुलेन्स सेवा २४ सै घण्टा उपलब्ध गराइने भएपछि नागरिकहरुमा खुशि छाएको छ । निरन्तर रुपमा सेवा पाउने र १० जिल्लाका लागि यस सेवाले नागरिकलाई सेवा पाउनेमा कठिनाइ हुने होकी भन्ने चिन्ता भने कायमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित