सुर्खेत । नेपात्र पत्रकार महासंघले भुकम्प बाट ३६ जना भन्दा बढी पत्रकार हर प्रभावित भएको जनाएको छ।
जाजरकोट र रुकुम पश्चिममा गरी तीन दर्जन बढी पत्रकारको घरमा क्षेति हुनुका साथै विभिन्न संचार माध्यममा क्षेति पुगेको जनाएको छ । नेपाल पत्रकार महासंघ कर्नाली प्रदेशले एक विशेष अपिल जारी गर्दै विस्थापित पत्रकार लाई उचित व्यावस्थापन र बन्द संचार माध्यम पुन संचालनमा जोड दिन तिनै तहका सरकारलाई आग्रह गरेको छ । महासंघ कर्नाली प्रदेशका महासचिव खगेन्द्र भटराइ द्वारा हस्ताक्षरित विशेष अपिलमा उक्त कुरा उल्लेख गरिएको छ ।
पत्रकार महासंघ कर्नालीका अध्यक्ष देविराम देबकोटा सहितको टोलीले कात्तिक १९ र २० गते स्थलग अनुगमन समेत गरेको र सोही अनुसार विवरण सार्वजनिक गरेको प्रदेश अध्यक्ष देविराम देवकोटाले जानकारी दिएका छन।
विशेष अपिल जस्ताको त्यस्तै . . .
विशेष अपिल !
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमको यही कार्तिक १९ र २० गते स्थलगत अवलोकन गरी पत्रकार, सञ्चारकर्मी र सञ्चारमाध्यममा परेको असरका विषयमा जानकारी लिएको छ । पत्रकार महासंघ प्रदेश समिति सदस्य सरोज वली,जाजरकोट जिल्ला शाखा अध्यक्ष बालकुमार शर्मा, रुकुमपश्चिम अध्यक्ष लक्ष्मण केसी, अन्य पत्रकार तथा सञ्चारकर्मी साथीहरु र विभिन्न पक्षबाट प्राप्त जानकारी अनुसार प्रारम्भिक चरणमा झण्डै तीन दर्जन बढी पत्रकारहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । जाजरकोटको रेडियो खलंगा एफ.एम र रुकुमपश्चिमको रेडियो समावेशी आवाज रहेका घरहरु पूर्ण रुपमा भत्किएका छन् । रेडियोका सम्पूर्ण उपकरण तथा कम्प्युटरमा क्षति पुगेको छ । त्यहाँ कार्यरत सञ्चारकर्मी तथा पत्रकारका सञ्चार उपकरण (ल्यापटप, क्यामेरा, लत्ताकपडा लगायतका सामाग्री) घर भत्किदा पुरिएका छन् ।
भूकम्पबाट रुकुमको रेडियो सानीभेरी एफ.एम. मुसीकोट–१ मा रहेको प्रशारण स्टेशन र आठबिसकोट नगरपालिकामा रहेको रेडियो नयाँ नेपाल एफ.एमको प्रशारण स्टेशनमा समेत क्षति पुगेको छ । यसबाट सूचना प्रवाहमा अवरोध भएको छ । आधा दर्जन बढी संचारकर्मीहरुको घरहरु समेत पूर्ण क्षति भएका छन् भने कतिपय संचारकर्मीका घरहरु चर्किएर बस्न नमिल्ने अवस्थामा छन् । ग्रामिण क्षेत्रबाट सदरमुकाममा बसी पत्रकारीता गर्ने पत्रकार साथीहरु बसेकै घरहरु भत्किदा केही साथीहरु घाईते भएका छन् । कतिपयले आफन्तहरु गुमाउनु परेको छ । कतिपयका आफन्तहरु घाईते छन् । यो विषम परिस्थितिमा पनि आफ्नो पेशागत कर्तव्य पुरा गर्न अहोरात्र खटिरहनु भएका सम्पूर्ण पत्रकार तथा संचारकर्मी साथीहरुलाई पत्रकार महासंघ कर्णाली प्रदेश समिति विशेष हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
नेपाल पत्रकार महासंघ अन्तर्गत जाजरकोट र रुकुमपश्चिम शाखा तथा त्यहाँ आबद्ध सम्पूर्ण पत्रकार तथा संचारकर्मीहरुले यो विपद्को बेला आम नागरिकको उद्दार, राहत वितरणमा गरेको सूचना प्रवाह कार्य प्रसंसा गर्न लायक र प्रेरणायुक्त छ । यसलाई अँझै निरन्तरता दिन जाजरकोट र रुकुमपश्चिम शाखा लगायत पत्रकार साथीहरुलाई हामी आग्रह गर्दछौं । अब बन्द भएका संचारमाध्यमलाई संचालन गर्न र त्यहाँ कार्यरत संचारकर्मीलाई नियमित पेशामा फर्काउन विभिन्न क्षेत्रबाट सहयोगको खाँचो छ । प्रभावित पत्रकारको समस्यालाई समाधान गर्न जिल्ला, प्रदेश, प्रवास, केन्द्रिय समिति, तीनै तहका सरकार, सरकारी तथा गैर सरकारी सfnJघ–संस्थालाई आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुन नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति विशेष अपिल गर्दछ ।
साथै भुकम्प प्रभावित कतिपय बस्तीहरुमा अझै पनि राहत र उद्धार कार्य पूर्ण रुपमा हुन सकेको छैन । तीनै तहका सरकार र अन्य पक्षलाई त्यसतर्फ ध्यान दिदै यथासिघ्र उद्दार कार्य र राहत वितरण गर्न नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछ ।
……………….
खगेन्द्र भट्टराई
महासचिव
Discussion about this post