रास्कोट महायज्ञमा साढे २८लाख बढी रकम संकलन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगर पालिकाको जनजागृति माध्यामिक विद्यालयमा संचालित महायज्ञमा २८ लाख ६९ हजार संकलन भएको छ । कात्तिक १२ गते देखि १९ गते सम्म संचालित रास्काेट फुकाेट धार्मिक तथा शैक्षिक ज्ञान बिज्ञान महायज्ञ तथा महाेत्सवमा विभिन्न व्यक्तित्वले विभिन्न किसिमको दान बाट ७ सय वर्गमिटर जमिन, विद्यालयको नाममा २ वटा अक्षयकोषका लागि २ लाख १५ हजार अन्य दान बाट २६ लाख ५४ हजार नगद र धान ५८ कुयन्टल धान संकलन भएको जनाइएको छ।

जनजागृति माध्यामिक विद्यालयको स्तर उन्नतिका लागि शुरु गरिएको महायज्ञमा तुलादान, अक्षयकोष तथा जग्गादान गरिएको थियो। जनजाग्रति माध्यामिक विद्यालयक प्रधानाध्यापक नगराज उपाध्यायका अनुसार कुल आय रकम २६ लाख ५४ हजारमा दक्षिणा, सवारी साधन तथा सम्पूर्ण व्यवस्थापनमा १५ लाख खर्च भएको छ भने जनजागृति माध्यामिक विद्यालयको खातामा १२ लाख रहेको बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बरालले जनजागृति माविका लागि सुनौलो अवसर भएको बताउदै रास्कोट साविक फुकोटका आम समुदाय, कथा वाचक टिम तथा नेताहरुलाइ धन्यबाद दिएका छन।

यो महायज्ञ कालीकोट का लागि शैक्षिक क्षेत्रमा नौलो र पहिलो पटक भएको हो। रास्कोटको पुरानो विद्यालय वडिमालिका माध्यामिक विद्यालय स्युनाले भने शैक्षिक भ्रमणका लागि जम्बो टोली पूर्व इलाम सम्म लिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित