नेता हुनु त प्रभाकर जस्तो हुनु,भुकम्प पिडितसंगै मलमपट्टि लगाउदै(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समय लगातार भुकम्पको जोखिम झेल्दै गएको जाजरकोट तथा रुकुम पश्चिमका वस्तिमा नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा(प्रभाकार)मलम पट्टि लगाउन व्यस्त रहेका छन ।

भुकम्पको समयमा विभिन्न दलका नेताहरुले भेटघाटमा तिव्रता दिएको भएपनि जनार्दन शमा(प्रभाकार)भने अहिले दिन रात भुकम्प प्रभावितहरुको साथमा रहेका छन । पछिल्लो समयमा नेताहरु भेटघाट भन्दा पनि व्यवस्थापनमा लाग्नु पर्ने आवाज उठाउदै आफु प्रत्येकको घरमा पुगेर त्रिपाल व्यवस्थापन देखि दुखमा परेकाहरुको घरमा पुगेर नेताहरु विपदमा साथ दिन्छन भन्ने सन्देश दिएका छन । सामाजिक संजालमा कमै देखिन प्रभाकर स्थानिय स्तरमा होस या संसदमा फरकपन दिएर जनताका पक्षमा निरन्तर लागि पर्ने नेताका रुपमा चिनिदै आएका छन ।

सरकारमा गएर उर्जा मन्त्रि हुंदा होस गृह मन्त्रि देखि अर्थमन्त्रि सम्म उनको राम्रो उपस्थिति र काम गर्ने सवालमा फरक पहिचान कायम गर्दै आएका माओवादी पार्टी भित्रका लोकप्रिय नेता हुन । उनले भुकम्पको समयमा रुकुम पश्चिम र जाजरकोटका वस्तिमा पुगेर व्यवस्थापन गर्र्दै आफ्नो अभियानको जिम्मेवारी बाग्मति प्रदेशका कार्यक्रमलाई समेत नछोडेर लागि परेका छन । अहिले भुकम्प पिडितहरुको घरदैलोमा पुगेर दुखसुख सांटासाट गर्दै व्यवस्थापनमा लागि परेका छन ।

जनताका निम्ति राजनैतिक गर्ने जो कसैले जनताका साथमा अनिवार्य लाग्नु पर्ने र विपदको समयमा जनताको साथमा रहनु अहिलेको सबै नेताहरुको दायित्व हो ।
यो पनि पढ्नुहोस ।
भुकम्प प्रभावित क्षेत्रका पिडितलाई कुन दलले कति दिए ?
कात्तिक १७  गते  देखि लगातार अाएकाे भुकम्पबाट क्षतिग्रस्त क्षेत्रका समुदायका लागि विभिन्न दलले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । जस मध्ये सबै भन्दा बढि रकम नेकपा(एमाले)ले दिने घोषणा गरेको छ भने अन्य दुई ठुला दलले पनि सोही अनुसार सहायेग गर्ने बताएका भएपनि अधिकांस दलले भने प्रधानमन्त्रि राहत कोषमा जम्मा गरिसकेका छन । जुन निम्नानुसार रहेको छ ।
तपसिल
१.नेकपा(एमाले) एक करोड(जिन्सि सामान मात्र)
२.नेपालि कांग्रेस ५० लाख
३.नेकपा माओवादी केन्द्र ५० लाख
४.नेकपा(एकिकृत समाजवादी) २५ लाख
५.नेकपा(विप्लव) एक लाख रकम र २५ कुयन्टल चामल
यस्तै अन्य दलहरुले सरकारलाई भन्दा पनि प्रत्यक्ष आफै पुगेर राहत वितरणको योजना बनाएका छन । भुकम्प प्रभावित क्षेत्रमा पछिल्लो समय एमाले,नेपालि कांग्रेस,नेकपा माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने,नेकपाका महासचिव विप्लव लगाएतका नेताहरु स्वस्थ्यकर्मिको टोलि सहित भुकम्प प्रभावित क्षेत्रमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित