कालीकोट । कर्नाली राजमार्ग अन्तरगत कालीकटको जिरो प्वाइन्ट मानिएको खुलालुमा सडक निर्माणका क्रममा डोजर चालकको मृत्यु भएको छ ।
कर्नाली करिडोरको लालिघाट देखि हिल्सा सडक खण्डको जिरोपैन्ट स्थित खुलालु सडकमा सडक निर्माणका क्रममा डोजर चालक पचालझरना ८ निवासी २६ वर्षिय धिर संज्यालको निधन भएको छ ।
सडक निर्माणको काम गरिरहेको ठाउमा माथिबाट ठुला ढुंगा सहितको पहिरो आएपछि डोजर चालक को निधन भएको बताइएको छ । कालिकोटको पचालझरना ८ नानिकोट निवासि धिर सज्याल डोजरसंगै पुरीएर मृत्यु भएको हो । डोजर समेत क्षति भएको छ।
मृतक संज्यालको पुरिएको सव निकाल्न जिल्ला प्रहरी कार्यालय कालीकोटको टोली पुगेको छ ।
Discussion about this post