कालीकोट ।रुकुम पश्चिम र जाजरकोटका भुकम्प पिडतिलाई कालीकोटका स्थानिय तहले सहयोग गर्ने क्रम बढेको छ ।
यस अघि जिल्लाका एक नगरपालिका र २ गाउँ पालिकाले दुई लाखका दरले सहयोग गरे संगै सान्नित्रिवेणि गाउँ पालिकाले २ लाख ३३ हजार तिन सय ३३ रुपैया सहयोग गरेको छ । आज सान्नित्रिवेणि गाउँ पालिका अध्यक्ष मोहन केसी द्धारा प्रेस बक्तव्यमा उक्त सहयोग रकम कर्नालि प्रदेश विपद व्यवस्थापन कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता न४०८०१००२०२०६००००मा जम्मा गरिएको उल्लेख छ ।
कुन स्थानिय तहले कति रकम सहयोग गरे ?
नरहरिनाथ गाउँ पालिका २ लाख
रास्कोट नगरपालिका २लाख २२हजार २ सय २२
महाबै गाउँ पालिका २ लाख
सान्नित्रिवेणि गाउँ पालिका २ लाख ३३ हजार तिन सय ३३
Discussion about this post