सिंचाई र विद्युतलाई अबको प्राथमिकता—वडाध्यक्ष न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट,असार । पचालझरना गाउँ पालिकाको वडा न. १का समुदायहरुलाई सिंचाई कुलो र सबैको घरमा विद्युत बाल्ने योजना अघि सारेको वडा अध्यक्ष रत्नलाल न्यौपानेले बताउनु भएको छ ।

पहिलो चरणमा सडक र विकास निर्माणका कामलाई प्राथमिकता दिएको बताउदै अबको आर्थिक वर्षमा चुलि पिठाराको सिचाई कुलो वर्षाैं देखि अबरुद्ध रहेको छ त्यसलाई पुन सुचारु गर्ने आफुले अठोट गरेको बताउदै वडाध्यक्ष न्यौपानेले साविकको बदालकोट गाविसको वडा नं.४ देखि ६ सम्मका बस्तिलाई सबैको घरमा विजुलि बाल्ने र सिंचाईको व्यवस्था गर्ने बताउनु भएको हो । वर्षेनि आकाशे पानिको भरमा कृषि खेति गर्दै आएका समुदायहरुलाई समयमै रोपाई गर्ने वातावरण कायम गर्न आफुले पहिलो प्राथमिकतामा राख्दै आएको छु अबको वर्षमो बृहत सिचाई आयोजना संचालनमा ल्याउन लागिरहेको बताउनु भयो ।

यस अघि सडक विस्तार,विद्यालयका भौतिक संरचना, मठमन्दिर निर्माण,स साना बाटोघाटाका काम गरेको भएपनि आउने वर्षमा वडाध्यक्ष न्यौापनेले कालापातल देखि चुलिमालिका मन्दिर सम्म गोरेटो बाटो,पानि कोइरालामा फलफुल खेति,भौने देखि पचालझरना सम्म गोरेटे बाटो निर्माण गर्ने योजनामा अघि सारेको बताउनु भएको छ । यस आर्थिक वर्षको पहिलो चौमासिकमा वडाका सबैको घरमा खरले छाएका सौचालयमा जस्तापाता वितरण गर्ने, एक घर एक धारा निर्माण गर्ने,कृषि सडक स्तरन्नोति तथा नपुगेका ठाउँमा विस्तार गर्ने समेत बताउनु भएको छ ।
त्यागि र निश्वार्थ रुपमा जनताको सेवामा लागि रहने वडाध्यक्ष न्यौपाने पचालझरना गाउँपालिकाको १ न.वडाबाट तत्कालिन नेकपा(एमाले)बाट विजयि हुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित