News Portal

  • भारतको व्याङ्लोरमा पलाताका न्यौपानेको रहस्यमय मृत्यु

    रुपेन्द्र ऐडी२८ कात्तिक
    ४८० पटक
    २८ कात्तिक
    कालीकट । भारतको व्यांग्लोरमा पलाता गाऊँ पालिका स्थित खाडा निवासी एक युवकको रहस्यमय मृत्यु भएको छ ।
    पलाता १, खाडा घर भई हाल रोजगारीको सिलसिलामा भारतको बेङ्लोरमा बस्दै आएका २३ वर्षिय दत्तराज न्यौपाने सोमवार राती झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ ।
    पलाता गाउँ पालिका १ का वडा सचिव तथा स्थानिय आफन्त बालश्रृषि न्यौपानेका अनुसार परिवार संगै बस्दै आएका न्यौपाने को आत्महत्या देखिएपनि रहस्यामय तरिकाले मृत्यु भएको आशंका रहेको बताए । उनले के कति कारणले मृत्यु भएको हो भन्ने कुरा आफन्त संग वुझ विस्तार पछी मात्र थाहा हुने बताए ।
    पछिल्लो समय भारतको व्यङलोरमा परिवार सहित कामको सिलसिलामा जाने क्रम बढे संगै असुरक्षित हुन थालेको छ ।
    भारतको व्याङ्लोरमा यस अघि रास्कोटका एक स्थानियको झुण्डिएर मृत्यु भएको खवर बाहिर आएको एक महिना नवित्दै अर्को घटना घटेको हो। मृतक न्यौपानेको आफन्तले दाहसंस्कार गरेको बताइएको छ। मृतक न्यौपानेका एक छोरी रहेकी छन।
    पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले मृतक न्यौपाने प्रति श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गर्दै नरोज्नु पर्ने बाटो रोजेकोमा दुख व्यक्त गरेका छन ।
    प्रतिकृया दिनुहोस्