Skip

News Portal

  • मूर्ती चोर देखि चेलीबेटी बेच्ने मतियार राजसंस्था फर्किनु दिवा सपना हो-माओवादी नेता भण्डारी

    मान बहादुर भण्डारी२ म‌सिर
    ५३३ पटक
    २ म‌सिर

    पछिल्लो समय राजावादीहरु सलबलाउन थालेपछि चर्चा परिचर्चा चलिरहेको छ । नेपालमा राजसंस्थाको विलय पछि लोकतान्त्रिक दलहरुले राज्य संचालनमा केही कमजोरीहरुलाई देखाउदै नवराजावादीहरुले विभिन्न हतकण्डा अघि सारेका छन ।

    सोही क्रियाकलापलाई मध्यनजर गर्दै कालीकोट जिल्ला पलांता गाउँ पालिकाका इन्चार्ज तथा नेकपा(माओवादी केन्द्र)का कर्नालि प्रदेश कमिटी सदस्य मान बहादुर भण्डारी(बासिन्दा)ले टिप्पणि गर्दै यसो भनेका छन ।


    राजाका पालामा जनता यति निमुखा थिए कि गाउँका जिमुवाल मुखियाका अगाडि पनि सिर ठाडो पारेर हेर्न सक्दैनथे ।मधेशीहरू काठमाण्डौ उपत्यका छिर्दा भिमफेदीमै भिसा लिनु पर्ने चलन राजाकै पालामा थियो । दलित र महिलाहरू सत प्रतिशत निरक्षर रहनु पर्ने अबस्था राजाकै पालामा थियो ।


    नेपाली जनताले धुलो चटाएर आर्यघाटमा जलाइसकेको अढाई सय वर्ष सम्मको राजतन्त्रको इतिहास हेरौं ।सबैभन्दा बढी मारकाट,अशान्ति,दाउपेच र षडयन्त्र गरेर दरवार भित्रै भएको इतिहांस प्रष्टै छ । जुन स प्रमाणहरु कोत पर्व,भण्डारखाल पर्व….. आदि त्यसैका उदाहरणहरू हुन ।


    नेपालमा सुगौली सन्धी, कोशी ,गण्डकी र महाकाली सन्धी,उद्योग कल कारखानाहरू बेच्ने समयमा देशमा कार्यकारी प्रमुख राजा नै थिए । सबै भन्दा बढी मूर्ती चोरी तथा चेलीबेटी बेचबिखनका घटना राजाकै पालामा भएका थिए ।


    राजखलक नै सिध्दिने गरी हत्याकाण्ड पनि राजाकै पालामा भएको थियो । सुगौली सन्धी, कोशी ,गण्डकी र महाकाली सन्धी पनि राजाकै पालामा भएको थियो । उद्योग कल कारखानाहरू बेच्ने समयमा देशमा कार्यकारी प्रमुख राजा नै थिए । सबै भन्दा बढी मूर्ती चोरी तथा चेलीबेटी बेचबिखनका घटना राजाकै पालामा भएका थिए ।गरीवि,अशिक्षा, तानाशाही , सबै सबै राजाकै पालामा थिए । सती प्रथा,दाश प्रथा,कमैया प्रथा,देउकी प्रथा,वादीप्रथा यी सबै राजाकै पालामा थिए ।


    आज राजतन्त्र फर्काउनु पर्छ भन्नेहरू कि त हिजो राजाको समयमा ब्रम्हलुट गरेकाहरू र तिनका सन्तानहरू हुन,कि त अज्ञानी बालकहरू हुन ।


    राजाका पालामा जनता यति निमुखा थिए कि गाउँका जिमुवाल मुखियाका अगाडि पनि सिर ठाडो पारेर हेर्न सक्दैनथे ।मधेशीहरू काठमाण्डौ उपत्यका छिर्दा भिमफेदीमै भिसा लिनु पर्ने चलन राजाकै पालामा थियो । दलित र महिलाहरू सत प्रतिशत निरक्षर रहनु पर्ने अबस्था राजाकै पालामा थियो ।

    लेख्दै जाने हो भने राजतन्त्रको समयका बेथितिहरू कति हुन कति ……आज राजतन्त्र फर्काउनु पर्छ भन्नेहरू कि त हिजो राजाको समयमा ब्रम्हलुट गरेकाहरू र तिनका सन्तानहरू हुन,कि त अज्ञानी बालकहरू हुन । अब ल्याउने रे त्यही राजतन्त्र ।

    प्रतिकृया दिनुहोस्