हिमचुलि सहकारी संस्था बलिदानको उपज हो-प्रकाण्ड

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्व मन्त्रि खडगबहादुर विक प्रकाण्डले हिमचुलि कृषि सहकारी संस्था लि.जनयुद्धको जगमा शुरु भएको वलिदानको उपज भएको बताएका छन ।

कालीकोट जिल्लामा रहेको हिमचु लि कृषि सहकारी संस्था लि.कालीकोटको केन्द्रिय कार्यालयको अनुगमन गर्दै पूर्व मन्त्रि विश्वकर्माले सो कुरा बताएका छन । देशमा सहकारीका माध्यमबाट आर्थिक सम्बृद्धि आउने भएकाले सबैले छितरियर रहेको पुंजिको संकलन र परिचालनका माध्यमबाट सहकारी अघि बढेपनि दलाल पुंजिबाददे सहकारीलाई अघि बढ्न नदिएको बताएका छन ।

पूर्व मन्त्रि प्रकाण्डले आफुले देशभर कृषि उत्पादनमा नेता तथा कार्यक्रता लगाएर उत्पादनमा जोड दिदै सहकारी मार्फत सामुहिक खेति गरेर देशलाई उत्पादन गर्न लागि परेको बताए । आफ्नो पार्टीले अहिले उत्पादनमा लागेर ३ हजार कुयन्टल धान उत्पादन गरेको बताए ।

हिमचुलि कृषि सहकारीको स्थापना गर्ने संस्थापक अध्यक्ष काशिचन्द्र बराललाई सम्झदै ठुलो दुखकष्टका साथ सहकारी यहाँ सम्म पुग्नु जिल्लाका लागि अवसर भएको बताएका छन । उनले कालीकोट जिल्लामा मात्र नभई हिमचुलि कृषि सहकारी जिल्ला बाहिर क्षेत्र विस्तार गर्दै अघि बढ्न सुझाव दिएका छन ।

आफुले सहकारीको विकासका लागि यस अघि गर्न नसकिए पनि आउने दिनमा सहयोग गर्ने समेत बताएका छन ।

हिमचुलि कृषि सहकारी संस्थाका अध्यक्ष काली बहादुर महताराले संस्थाले १५ वर्ष सम्म गरेका कामको बारेमा अवगत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित