देशको अर्थतन्त्र डामाडोल गर्ने गर्भनर शर्माले तुरुन्त राजिनामा दिनु पर्छ-प्रकाण्ड

7
SHARES
15
VIEWS
कालीकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवंम पुर्व मन्त्रि खड्गबहादुर विक(प्रकाण्ड)ले देश अर्थतन्त्रले थिलो थिलो पार्ने गर्भनर महाप्रसाद शर्मा भएको बताउदै जिम्मेवारीमा रहिरहने अधिकार नभएको बताएका छन ।
कालीकोटले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पूर्व मन्त्रि विश्वकर्माले जनतालाई गहिरो खाडलमा हालेर चर्काे व्याज असुल्ने र जनतालाई ऋणको भारी बोकाएर आफु व्याजबाट आएको ५० प्रतिशत कमिशनबाट मोटाउन देश कंगाल बनाउने गर्भनर शर्मा रहेको बताउदै दुई मिनेट भित्र राजिनामा दिनु पर्ने बताएका छन । जनताको अवस्था झन दयनिय भइरहेको र राज्यले दशैंको मुखमा आफ्ना कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्थामा रहेको कुरालाई संगित गर्दै यस्तै अवस्था हो भने निश्चित वर्गको हालिमुहालि हुने र आम समुदायको उठिबास गर्न राज्य लागि परेको बताएका छन ।
अर्थतन्त्रलाई सहि ठाउँमा ल्याउन राज्यले सहि कदम चाल्न खोजेपनि दलालहरुले त्यसको नेतृत्व गरेकै कारण माथि उठ्न नदिएको बताउदै नेता विश्वकर्माले चर्काे व्याज असुल्ने बैंक,वित्तिय संस्था र सहकारीलाई नियन्त्रणमा ल्याउन कदम चाल्नु पर्ने बताए ।
सरकारले कानमा तेल हालेर बसेका त्यसका सहि निर्णय आफुले लिएर अघि बढ्ने समेत चेतावनि दिदै नेता प्रकाण्डले कालीकोट जिल्ला जनयुद्ध,१९ दिने जनआन्दोलनमा निर्णायक भुमिका खेलेको र आर्थिक क्षेत्रमा भरासायि भएको अवस्थामा कालीकोटले उचित कदम चाल्ने समेत बताएका छन ।
नेकपा कालीकोटले पार्टी पुनरगठनको १० औं वर्ष प्रवेशको अवसरमा जनसभा गरेको नेकपा कालीकोटका सेक्रेटी पदम विक(साहसी)ले बताएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित