कालीकोट ।जिल्ला सदरमुकामबाट वितरण हुंदै आएको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अब गाउँ पालिकाबाट शुरु हुने भएको छ । उक्त विवरण दर्ता सम्बन्धि पचालझरना गाउँ पालिकामा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश नेपालिको उपस्थितिमा अन्तरक्रिया तथा विवरण रुजु अधिकारी तालिम संचालन गरिएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही,उपाध्यक्ष अल्किना बम(सेजुवाल) सहित प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर नेपालिको उपस्थितिमा तालिम शुरु भएको सुचना प्रविधि अधिकृत प्रकाश कठायतले जानकारी दिएका छन । उक्त तालिम पश्चात पचालझरना गाउँ पालिकामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य थालनि हुने छ ।
यस अघि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला सदरमुकाम मान्ममा आउने पर्ने अवस्थाको अन्त भएको प्रमुख जिल्ला अधिकारी नेपालिले सहजिकरणमा बताएका छन । यस कार्यले पचालझरना गाउँ पालिकाका नागरिकहरुका लागि सहज हुने प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर नेपालिले बताएका छन । यस तालिम पश्चात राष्ट्रिय परिचयपत्रको दर्ताका लागि काम अघि बढ्ने पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत नेपालिले बताए ।
Discussion about this post