पचालझरना स्वास्थ्य शिविरमा साढे चार सय बढिले सेवा लिए

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा संचालित स्वास्थ्य शिविरमा चार सय ५८ जनाले सेवा लिएका छन ।पचालझरना गाउँ पालिकाको स्वास्थ्य चौकी राम्नाकोटमा संचालित एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिबिरको पहिलो दिनमा प्रवाह गरिएका सेवाहरुमा महिला तिन सय २४ र पुरुष १ सय ३४जना सहभागि भएको बताइएको छ ।

जसमा आंखाको उपचारका लागि महिलाको संख्या ५४ र पुरुष ८६ जना गरी एक सय ४० जना,स्वास्थ्य परिक्षणमा २ सय ३२ जना,दन्त रोग उपचारमा ३९ जना,क्षयरोगमा २ जनाको परिक्षण गरिएको पचालझरना गाउँ पालिका स्वास्थ्य शाखाले जनाएको छ ।

त्यसै गरी स्त्रि रोग तथा प्रसुति रोगका महिलाहरुको संख्या १ सय ३ जना रहेका थिए भने भिडियो एक्सरेमा ९९ जनाका साथै पुरुष बन्ध्याकरण ५ जनाको गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जानकारी दिएको छद । स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर संकेत विश्वकर्मा सहितको टोलिले संचलन गरेको स्वस्थ्य शिविरमा ७ जना जेष्ठनागरिकलाई लठ्ठि वितरण गरिनुका साथै स्वास्थ्य सम्बन्धि चेतना अभिबृद्धिका लागि ४ सय प्रपत ब्रोसरहरु वितरण समेत गरिएको बताइएको छ ।

शिविरमा पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही सहितका सरोकारवालहरुको उपस्थिति रहेको थियो । शिविर दुई दिन अर्थात मंसिर १२ गते मंगलबार पनि संचालन हुने जनाइएको छ । पचालझरना गाउँ पालिकाका जेष्ठनागरिकहरुका लागि विशेषज्ञ चिकित्सक सहितको टोलिले गाउँमै आएर स्वास्थ्य परिक्षण गर्न पाउदा आफु खुशि भएको जेष्ठनागरिकहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित