Skip

News Portal

  • यस्तो रह्यो पचालझरनाको स्वास्थ्य शिविर (फोटो फिचर)

    शिविर हाम्रा जिवनका लागि साहारा बन्यो -जेष्ठ नागरीक

    रुपेन्द्र ऐडी१२ मंसिर
    २४१ पटक
    १२ मंसिर

    कालीकट । पचालझरना गाउँपालिकाले संचालन गरेको स्वास्थ्य शिविरमा सेवा लिएका जेष्ठ नागरीकले शिविर आफूहरुका लागि साहारा बनेको बताएका छन । दुइ दिन सम्म चलेको शिविरमा एक हजार सेवाग्राहीले सेवा लिएका छन। पचालझरना गाउँ पालिकाको समन्वय तथा स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामा स्वास्थ्य चौकी राम्नाकोटमा संचालित एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य सेवामा दोस्रो दिनमा नौ सय ७० जना बढिले लिए सेवा लिएका छन् ।

    पहिलो दिनमा चार सय ५८ जनाले सेवा लिएकोमा दोस्रो दिनमा पांच सय १२ जना गरी नौ सय ७० जनाले सेवा लिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।
    स्वास्थ्य सेवा कार्यालय कालीकोट ले अघि सारेको नारा “तपाईको स्वास्थ्य, हाम्रो प्राथमिकता ” का साथ ग्रामिण क्षेत्रका नागरीकलाइ स्वास्थ्य सेवा संचालन गर्ने उद्देश्यले स्वास्थ्य सेवा कार्यालय कालिकोट जिल्लाको विशेषज्ञ सहितको टोलीले पचाताझरनालाई शुरुवाती चरणमा शिविर सञ्चालन गरेको बताइएको छ।
    स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वास्थ्य ब्यबस्थापक डाक्टर संकेत बिश्वकर्मा सहितको स्वास्थ्य कर्मिको टोलीले निशुल्क स्वास्थ्य शिविरमा महिला ६८५ र पुरुष २८५ गरी जम्मा ९७० जनाले सेवा लिएकाे जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिएका छन् । जसमध्ये सेवा लिनेहरुमा आँखा उपचार सेवाको लागि महिला दुइ सय ६ र पुरुष एक सय १७ गरी तीन सय २३ जना, स्वास्थ परिक्षण तथा उपचारको लागि महिला तीन सय ४०, पुरुष एक सय ४४ जना दन्तरोग तथा मुख स्वास्थ्यको लाागि महिला ६९ जना पुरुष २३ जना रहेका छन ।
    त्यसै गरी क्षयरोगको लागि महिला ५० पुरुष २० जना, स्त्री तथा प्रसुति रोगको लागि दुइ सय ३३ जना, रिङ्ग पेसरि राखेको नौ जना, भिआईए पोजेटिभ ३६ जना, प्रयोगशाला सेवाको लागि महिला एक सय ३३ जना, पुरुष दुई सय ७७ जना, भिडियो एक्स रे मा महिला दुई सय २१ पुरुष ६७ जना, पुरुष बन्ध्याकरणमा १० जना, माईनर अप्रेसनमा एक जना महिला, जेष्ठ नागरिक हरुलाई वाल्कीङ एड. महिला पाँच र पुरुष नौ जना, मनोसामाजिक परामर्श सेवा तर्फ महिला एक जना, कुष्ठ रोगको नमुना संकलन एक जना सहित महिला ई.सि.जि. महिला ८ जना पुरुष ३ जना गरि जम्मा नौ सय ७० जनाले सेवा लिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत तथा सुचना अधिकारी कटक महतले दिएका छन।
    सो शिविरमा स्वास्थ्य शिक्षा पर्दशनी तथा ब्रोसर सात सय प्रति वितरण गरिनुका साथै निशुल्क औषधि समेत बितरण गरिएको थियो । गाउँ भन्दा टाढा जान नसक्ने जेष्ठ नागरीकहरुले यस कार्यलाई निरन्तर जारी राख्नु पर्ने आग्रह गरेका छन।
    पचालझरना गाउँ पालिका सरकारका प्रमुख देवराज शाहीले जनताको सरकार भएपछि स्वास्थ्य लाई पहिलो प्राथमिकतामा राखेर सेवा दिएको र आगामी दिनमा समेत निरन्तरता दिने बताएका छन।

    पचालझरना गाउ पालिका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर नेपालीले जन जनको सरकार , मनमनको सरकार भएकाले गाउँमा सेवा दिएको बताएका छन।

    प्रतिकृया दिनुहोस्