कालीकोट । नेकपा(एमाले) कर्नालि प्रदेश कमिटिमा निर्वाचित उपसचिव रमेश कुमार शाहीलाई सो पदबाट हटाई प्रदेश कमिटिमा मनोनित गरेकोमा सर्वत्र विरोध भएको छ । गएको असोज १० देखि ११ गते सुर्खेतमा भएको प्रथम अधिबेशनबाट निर्वाचित उपसचिवबाट एकाएक हटाएको प्रति शाहीले आपत्ति जनाएका छन ।
शाहीले भनेका छन आफु विधान अनुसार निर्वाचित भएको अहिले एकाएक पदाधिकारी हटाउनुले विधान र निर्वाचन विपरित भएको भन्दै विधान पढ्न महासचिवलाई अनुरोध गरेका छन । उनले भनेका छन विधान प्रदेश,केन्द्रको एउटै हैनर ? कसरी फेरबदल भयो ?
यस निणर्ययलाई पार्टी केन्द्रि कार्यालयलाई बदर गर्न समेत आग्रह गरेका छन ।उपसचिव शाहीले केही नेताहरुले भ्रममा पारेर यो निणर्य गरेको समेत अभिव्यक्ति दिएका छन ।एमाले केन्द्रिय सचिवालयको निणर्य अनुसार उपसचिवबाट हटाएर प्रदेश कमिटि सदस्यमा मनोनित गरेको प्रति पार्टीका नेता तथा समर्थकहरुले माथिल्लो कर्नालि र सिंगो कालीकोट प्रतिको अपमान भएको बताएका छन ।
रमेश कुमारी शाहीले के भने जस्ताको त्यस्तै :
सबैमा अभिवादन
बिधान र बिधि म २०४८ साल बाटै बुझेर नेकपा एमाले को नेता भएर बसेको एक सिपाही हु । नेकपा एमालेको लामो समय जिल्ला कमिटी सदस्य ,२पटक सचिवालय सदस्य ,जिल्ला पार्टी उपाध्यक्ष , जिल्ला अध्यक्ष , प्रदेश कमिटी सदस्य , प्रदेश कमिटी सचिवालय सदस्य हुँदै प्रथम कर्णाली प्रदेश अधिबेशन बाट उपसचिव पद मा निर्वाचित भएको हु ।। पार्टी को बिधान र बिधि राम्रो सङ्ग बुझेकै छु र हाल सम्म कार्यनयन गर्दै र गराउदै आएको हु । बिधान र निर्वाचन प्रक्रिया लाई गहन रुपमा बुझ्न आदरणीय महासचिव कमरेड लाई हार्दिक अनुरोध गर्दछु ।।। आदरणीय कमरेड निर्वाचन मा दाबी बिरोध को पनि ब्यबस्था गरिएको थियो तर कसैले दाबी बिरोध को निबेदन दिएको छैन ।। अनि निर्वाचन को कलस्टर को छलफल निर्वाचन गराउनु भन्दा अगाडी फाइनल हुन्छ । हाम्रो पार्टी मा कित बिधान ले उल्लेख गर्छ कित बन्दसत्र को हलले जे निर्वाचन लाई निर्णय गरेर दियो त्यही निर्वाचन कलस्टर अनुसार निर्वाचन हुन्छ यी सबै कुरा लाई पालना गर्दै प्रथम कर्णाली प्रदेश अधिबेशन बाट म लगायत पदाधिकारी र सदस्य निर्वाचित भएका हौं ।। हामी मनोनीत भएका होइनौ ।।।। यो कुरा पार्टी महासचिवले सचिवालयको निर्णय गर्दा हेक्का गर्नु पर्थ्यो ।।। हाम्रो पार्टी को बिधान एकै हो जस्तो मरुलाई लाग्छ तर केन्द्रीय पार्टी को बिधान एउटा , प्रदेश पार्टी को बिधान एउटा र जिल्ला पार्टी को बिधान एउटा हुन्छ जस्तो मलाई लग्दैन ।।। बिधान त हाम्रो एउटै हो ।।। बिधान को पालना हामी सबैले गर्नु पर्छ होलानी रुरु अधिबेशन मा निर्वाचन कमिटीले बिजय घोषण गरि प्रमाण पत्र प्रदान गरि सफत गरण गराइ सकेको र कर्णाली प्रदेश कमिटीको प्रथम बैठक बसिसकेको र प्रथम पदाधिकारी बैठक पनि बसिसकेको अबस्थामा मा पार्टी केन्द्रिय सचिवालय बैठक को निर्णय भन्दै पदाधिकारी परिवर्तन गरेको को निर्णय बिधान र निर्वाचन प्रक्रियाको बिपरित छ यो निर्णय को घोर भत्सर्ना गर्द्छु । तत्काल यो निर्णय बदर का लागि केन्द्रिय पार्टी सङ्ग अनुरोध गर्दछु ।।।। सवै साथिहरु लाई सम्ययम हुन अनुरोध गर्दछु ।। केही साथीहरूले पार्टी का नेताहरु लाई भ्रममा पार्दै यो निर्णय गर्न लगायता पनि सत्यको जित सुनिश्चित छ ।।।।
हार्दिक अभिबादन ।।
रमेश कुमार शाही
उपसचिव
कर्णाली प्रदेश कमिटी
नेकपा एमाले
Discussion about this post