पलांताको पुलांहबाट राष्ट्रिय परिचय पत्र दर्ता शुरु

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाकै विकट मानिदै आएको पलांता गाउँ पालिकाको पुलाँहबाट राष्ट्रिय परिचय पत्र दर्ता प्रारम्भ भएको छ । बुधबार पलांता गाउँ पालिकाको वडा न.१को पुलाँहमा पहिलो पटक दर्ता प्रक्रिया शुरु भएको हो ।

यस अघि जिल्ला सदरमुकाम मान्ममा राष्ट्रिय परिचय पत्रको दर्ता प्रक्रिया हुंदै आएकोमा पछिल्लो समय दुरदराजका समुदायलाई सहजता पैदा गर्न ग्रँमिण क्षेत्रमा दर्ता प्रक्रिया शुरु भएको हो । पलांता गाउँ पालिकाको पुलांहमा दर्ता प्रक्रिया शुरु गरिएकोे वडा न.१का वडा अध्यक्ष मन प्रसाद न्यौपानले बताएका छन ।

पलांता गाउँ पालिकाको विकट क्षेत्रमा आएर राष्ट्रिय परिचय पत्रको दर्ता प्रक्रिया शुरु भएकोमा स्थानियहरु खुशि भएको बताउदै अधिकांस वडा बासिले दर्ता प्रक्रियामा सहभागि भएको बताएका छन ।

पलांता गाउँ पालिकाले वडा न.१ देखि ९ सम्म राष्ट्रिय परिचय पत्र दर्ता प्रक्रिया अभियानात्मक रुपमा शुरु गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित